आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माधव नेपाल प्रचण्ड र देउवाको मल बन्न जानुभयोः महेश बस्नेत

  • प्रकाशित मिति : शुक्रबार, भदौ ४, २०७८



  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता, सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टीलाई कमजोर बनाउने काममा लागेको गम्भीर आरोप लगाएका छन् । तर, एमाले कमजोर पार्ने देउवा, दाहाल र सापकोटा तीनै जनालाई आगामी दिनमा महँगो पर्ने उनको चेतावनी छ ।

    शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले भने,‘एमालेलाई कमजोर बनाउने काममा यो सरकार व्यस्त छ । अध्यादेश जुन आएको छ, यसले त्यही पुष्टि गरेको छ । एमालेले कारबाही गरेका १४ जना सांसदलाई अहिलेसम्म पदमुक्त गरेको सूचना सभामुखबाट प्रकाशन गरिएको छेन् । अध्यादेश ल्याउनुको मुख्य उद्देश्य एमाले विभाजन गर्नेमात्रै देखियो ।’

    नेता बस्नेतले अध्यादेश ल्याउनुको अर्को उद्देश्य भनेको आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतमा पुर्याउने षड्यन्त्र रचिएको सुनाए । तर, आगामी निर्वाचनमा पनि नेकपा (एमाले) नै अत्यधिक बहुमतका साथ आउने उनको दाबी थियो । उनले भने,‘हिजो दल विभाजनको लागि केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ४० प्रतिशत हुनुपर्ने प्रावधान थियो । केपी ओली प्रधानमन्त्री हुँदा उहाँले त्यो ४० प्रतिशत प्रावधान कायमै राखेर केन्द्रीय कमिटी वा संसदीय दल भनेर राखेर अध्यादेश ल्याउँदा यहाँ कांग्रेसलगायतका दलले ठूलो हल्लाखल्ला मच्चाए । तर, त्यतिखेरको मूल मर्म के थियो भने संसदीय दल र केन्द्रीय कमिटीमध्ये एउटामा ४० प्रतिशत पुर्याउँदा दल विभाजन गर्न सजिलो थियो । तर, त्यो राजनीतिक प्रणाली बलियो बनाउनको लागि ल्याईएको अध्यादेश थियो । नेपालमा पनि अमेरिकामा जस्तै दुई दलीय प्रणालीमा लगिए राजनीतिक स्थायित्व हुन्छ भन्ने नै हो । जनताको मनोविज्ञान भनेको दुई दलीय व्यवस्था नै हो ।’

    ४० महिनाको अवधिमा ओली सरकारले विकास र समृद्धिको यात्रा अघि बढाएको स्मरण गराउँदै उनले अहिले ओलीको उक्त समृद्धिको यात्रामा ब्रेक लगाउने काम भएको पनि टिप्पणी गरे । उनले भने,‘केपी ओलीले सुरु गरेको समृद्धिको यात्रामा ब्रेक लगाउने काम भयो । एमाले ठूलो विभाजन गर्जनका साथ हुन्छ भनेर सुरु भएको चर्चा, अन्तिममा म्याउँ भएर टुँग्गिएको छ । माधव नेपालले हिजो बहुमत छ भन्नुहुन्थ्यो । म केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउँछु भन्नुहुन्थ्यो, अहिले उहाँ २० प्रतिशतमा पुग्नुभयो । मैले बुझेअनुसार अहिले माधव नेपाललाई दल विभाजनको लागि संसदीय दल वा केन्द्रीय कमिटी दुवैमा २० प्रतिशत पुर्याउन पनि हम्मेहम्मे छ, निकै कठिन छ । अहिले उहाँले घोषणा गरेको ९५ सदस्यीय केन्द्रीय कमिटीका पनि १३ जना सदस्यहरुले हामी त्यो पार्टीमा छैनौं र जाँदैनौं भनेर नाम फिर्ता लिने स्थिति आएको छ ।’

    बस्नेतले वरिष्ठ नेता झलनाथ खनाल पनि माधव नेपालको पार्टीमा नजाने जिकिर गरेका छन् । उनले भने,‘अब माधव नेपाललाई सजिलो बनाउनेगरि १५ प्रतिशत वा १० प्रतिशतमात्रै प्रावधान राखेर अध्यादेश ल्याउँदैछ अरे । हामीले अवलम्बन गरेको संसदीय प्रणालीमा दलको महत्वपूर्ण भूमिका हु्न्छ ।’
    उनले सभामुख सापकोटासमेत एमाले विभाजन गर्ने षड्यन्त्रमा लागेको भन्दै आक्रोश पोखे । उनले भने,‘उहाँ त्यो कमर्ममा किन मुछिनुभयो ? मैले बुझेको छैन । हेर्नुहोस, संसद माग गर्नेहरु नै आज संसदलाई अधिवेशन स्थगित् गर्ने ठाउँमा पुग्नुभयो । संसद् चलेको एक महिनाभित्र एसिड आक्रमणमा परेका पीडितको पक्षमा बनेको अध्यादेश अलपत्र पारियो । नागरिकता ऐनमा छलफल भएन । विभिन्न विद्येयकहरु अलपत्र पारियो । धेरै विद्येयक त्यहाँ थाँती थियो । यो सदन चल्न सक्दैन भन्ने कुरा उहाँले पुष्टि गर्नुभयो । ह्वीप उल्लंघन गर्ने कु्रा दलभित्रको गम्भीर विषय हो । १४ जनाले ह्वीप उल्लंघन गर्नुभएको थियो । पार्टीले कारबाही गरेको छ । तर, सभामुखले अहिलेसम्म कारबाहीको सूचना दिनुभएन । हामीले धर्ना दिनुपर्ने अवस्था छ । सभामुख त संविधान, ऐन र प्रतिनिधिसभा सञ्चालन नियामवलीअनुसार चल्नुपर्छ ।’

    उनले सभामुखले आफू निश्पक्ष र स्वतन्त्र हुनुपर्ने र त्यहीअनुसार चल्नुपर्ने कुरा भुलेको पनि टिप्पणी गरे । उनले भने,‘उहाँ सभामुख भएपनि प्रचण्ड र देउवाको आदेशविरुद्ध जाने देखिएन । आफ्नो पार्टीको सरकार ढालेर अर्को पार्टीको नेतृत्वमा सरकार बनाउने भन्दै मावध नेपालसहित हाम्रा साथीहरु सर्वोच्च अदालतमा रिट बोकेर जाने काम गर्नुभयो । अदालतले कारबाही नगर्ने परमादेश जारी गरेको छ । यो अनौठो र विश्वमै नभएको फैसला हो । अदालतको यो फैसला सवत्र आलोचित भएको छ । एमालेका सांसदहरु सरकारमा हुँदा पार्टीको ह्वीप नलाग्ने भनेको थियो भने सरकार विस्तार भैसकेको हुन्थ्यो । भोलि यो अध्यादेशले कांग्रेस र माओवादीमा पनि असर पर्छ । माओवादीमा अहिले पनि विद्रोहको अवस्था छ । कांग्रेसका शीर्ष नेताहरुले यो अध्यादेशको विरोध गरेका छन् । अध्यादेश कांग्रेसको लागि घाँडो सावित हुनेछ ।’

    नेकपामा हुँदा ओलीलाई अल्पमतमा पार्ने काम प्रचण्ड र माधव नेपालले गरेको पनि स्मरण गराए । उनले भने,‘माधव नेपाल र प्रचण्डले केपी ओली र म लगायतका नेताहरुलाई साधारण सदसयबाट हटाउने काम भयो । केपी ओलीलगायत हामी धेरैलाई निश्काषित गर्ने काम भयो । प्रचण्डले माओवादी केन्द्रमात्रै लग्नुभएन, एमाले पनि फुटाएर लैजानुभयो । नेपालको अदालत, सभामुख सम्बन्धित निकायको पक्षधरताको कारण आज एमाले विभाजनको अवस्था भयो ।’ उनले अहिलेपनि कांग्रेस र माओवादी मिल्दाभन्दा बढि नेकपा (एमाले) एक्लैको ११० संसद्मा सिट संख्या रहेको सुनाए ।

    उनले माधव नेपाल पक्षमा नगएकाहरुलाई पार्टीमा उचित जिम्मेवारी दिने पनि बताए । उनले भने,‘हाम्रो पार्टीका अध्यक्ष केपी कमरेडले पनि यो कुरा गर्नुभएको छ । माधव नेपालहरुले पार्टीलाई गुटबन्दीबाट ध्वस्त पारेर अराजक र अपराधिक काम गर्ने कांग्रेसको पाउमा चढाउने र प्रचण्डको टाङमुनि छिराउन खोजिएको थियो, यो अराजक र अपराधी गुटलाई विदा गरियो । केही केही मान्छेहरु गए । अहिले एमालेभित्र वसन्त ऋतुमा पालुवा पलाएको छ । माधव नेपाल कांग्रेस र माओवादीको मल बन्न जानुभयो । उहाँले गम्भीर अपराध गर्नुभयो । न भुईँमा न भाँडोमा हुनुभयो । प्रचण्ड, देउवा र अग्नि सापकोटाको भूमिका ईतिहासले गम्भीर समिक्षा गर्नेछ ।’

    उनले नेकपा एमाले विधान महाधिवेशन गर्दै जनसंगठन निर्माण र कमिटी निर्माणमा केन्द्रित हुने जनाए । उनले आगामी निर्वाचनमा नेकपा एमाले सशक्त र बहुमतसहित आउने पनि दाबी गरे । उनले भने,‘हाम्रो अध्यक्षले पनि अब एमाले ५० लाख मतसहित आउनेछ भनेर भन्नुभएको छ। एमालेको विभाजन होईन यो चोईटिएको मात्रै हो । अब माओवादीको ठूलो पँक्ति हाम्रो पार्टीमा प्रवेश गर्नेछ ।’

    माओवादी परित्याग गरी एमालेमा प्रवेश गरको नेताहरुलाई अहिलेपनि उचित भूमिका दिईएको बस्नेतको भनाई छ । उनले भने,‘नयाँ साथीहरुलाई एक्सेप्ट गर्ने र भूमिका दिने कुरामा हाम्रो पार्टी लचक छ । मन्त्री बनाउने सवालमा पनि हिजो माओवादी परित्याग गरी एमाले प्रवेश गरेका रविन्द्र श्रेष्ठलाई मन्त्री बनाईयो । अहिले माओवादी परित्याग गरी एमालेमा आएकाहरुलाई अब हुने उपनिर्वाचनमा उहाँहरुलाई नै उठाउने भएका छौं । हाम्रो पार्टीले मित्रवत व्यवहार गर्छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij