आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राँगोले काठमाडौंको सडकमा आतंक मच्चाएपछि गोली हानेर मारियो

  • प्रकाशित मिति : शनिबार, भदौ ५, २०७८



  • भागेर काठमाडाैंको सडकमा आतंक मच्याउन थालेपछि एउटा राँगोलाई प्रहरीले गोली चलाएर मारेको छ।

    बिहीबार राति करिब १० बजेपछि कालिमाटी रामघाटस्थितबाट एउटा राँगो दौडेर सडकमा निस्किएको थियो। सवारीसाधन तथा मानिसहरूलाई हान्दै गएपछि राँगोलाई गोली हान्नुपरेको महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।

    बधशालामा ट्रकबाट राँगोलाई ओराल्ने क्रममा भागेको प्रहरीले जनाएको छ।
    त्यसरी सडकमा आएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीले राति नै थप क्षति नपुर्‍याओस् भन्दै पछि पछि लखेटेको थियो।

    राँगोले कालिमाटी प्रहरीको एउटा गाडीमा समेत क्षति पुर्‍याएको थियो।

    टेकूबाट दौडिएको राँगो सुरूमा त्रिपुरेश्वर-थापाथली हुँदै माइतीघर पुग्यो। त्यहाँको प्रहरीले साइरन बजाएर लखेटेपछि फेरि राँगो सोही बाटो फर्किएको थियो।

    फेरि टेकु पुगेर परोपकार, बसन्तपुर, भीमसेनस्थान हुँदै क्षेत्रपाटी पुगेको थियो। त्यहाँको चोकमा पुगेपछि भने प्रहरीले घेरेर गोली चलाएको हो। महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले एसएलआर बन्दुकबाट चार राउन्ड गोली चलाएर मारेको थियो।

    यसबाट ठूलो जनधनको क्षति भने नभएको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij