आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काबुलबाट कुवेत हुँदै काठमाडौं आएका एक जनामा कोभिड–१९ पुष्टि

  • प्रकाशित मिति : शनिबार, भदौ ५, २०७८



  • काठमाडौं । अफगानिस्तानको काबुलबाट कुवेत हुँदै नेपाल आएका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझ विमानस्थल अवतरण गरेका १ सय ५६ जनामध्ये एन्टिजेन परीक्षण गर्दा एक जनामा कोरोना देखिएको हो ।

    संक्रमित व्यक्तिलाई कीर्तिपुरस्थित आयुर्वेदिक औषधालयको आइसोलेसनमा पठाइएको छ । कन्ट्याक ट्रेसिङमा परेका अन्य २८ जनालाई सुन्धारस्थित एक गेष्ट हाउसमा क्वारेन्टिनमा राखिएको छ भने अन्य १ सय २७ जनालाई भने होम आइसोलेसनमा बस्न आग्रह गर्दै घर पठाइएको हो ।

    अहिलेसम्म द्वन्दग्रस्त मुलुक अफगानिस्तानबाट ४ सय ६१ जनाको उद्वार गरेर स्वदेश ल्याइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । यस्तै ९ जना नियमित उडानबाट नेपाल आउने क्रममा रहेका पनि मन्त्रालयले जनाएको छ । साँझ ५ बजेसम्ममा ३ सय १० जनाले स्वदेश फिर्तीका लागि कन्सुलर विभागको वेबसाइटमा विवरण दर्ता गराएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij