आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एसएसपीसहित आठ जना मारिएको ‘टीकापुर घटना’ घटेको ६ वर्ष पूरा, विद्रोह दिवस मनाउँदै मोर्चा

  • प्रकाशित मिति : सोमवार, भदौ ७, २०७८



  • कैलाली । कैलालीको टीकापुर नगरपालिका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच दिउँसो झडप हुँदा आठ जनाको मृत्यु भएको ६ बर्ष पूरा भएको छ ।

    २०७२ भदौ ७ मा भएको उक्त हिंसात्मक घटनामा प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका पाँच जना तथा सशस्त्र प्रहरीका दुई र एक बालक सहित आठ जनाको मृत्यु भएको थियो ।

    मृत्यु हुनेमा नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहोरा, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्द रहेका थिए । यस्तै सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारु र सहायक हवल्दार ललित साउदको समेत सो घटनामा मृत्यु भएको थियो ।

    यसैगरी, हिंसात्मक झडपका क्रममा घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागि मृत्यु भएको थियो । उनी सहायक हबल्दार नेत्र साउदका छोरा हुन ।

    सीमांकनको विरोधमा आन्दोलनरत थरुहट र थारुवान संयुक्त संघर्ष समितिले सरकारी कार्यालयहरुमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रम अन्तरगत उनीहरु टिकापुर तर्फ बढ्दै गर्दा रोक्न गएको प्रहरी माथि आक्रमण भएको थियो ।

    आठ जनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरीलाई पकाउ गरिएको थियो । हाल उनी केन्द्रीय कारगारमा कारावस जीवन बिताइरहेका छन ।

    घटनापछि सत्यतथ्य पत्ता लगाउन बनाइएको लाल आयोगले प्रतिबेदन पेश नगरेको भन्दै थरुहटका नेताहरूले आफ्ना नेता तथा कार्यकर्तालाई झुटो आरोपमा फसाइएको बताउँदै आएका छन ।

    यस्तै थारू कल्याणकारिणी सभा कैलाली र थरूहट थारूवान मोर्चा कैलालीले टीकापुर विद्रोह दिवस मनाउने जनाएको छ । मोर्चाले कैलालीको बलिया चोकदेखि भल्का चौकसम्म ¥यालीसहित कार्यक्रमको आयोजना गरि टीकापुर बिद्रोह दिवस मनाउने जनाएको हो ।

    यस्तै ८ गते साँझ ८ बजे देखि आधा घण्टा जिल्लाव्यापी बत्ती निभाउने (ब्ल्याक आउट) मोर्चाका संयोजक लक्ष्मण थारूले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij