आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

क्रियाशील सदस्यता विवाद समाधान समितिले सभापति देउवालाई आज साँझ प्रतिवेदन बुझाउने

  • प्रकाशित मिति : सोमवार, भदौ ७, २०७८



  • काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगिएको दाबी गरिएको छ । क्रियाशील सदस्यताको विवाद टुंगो लगाउन गठित नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले विवाद समाधान गरेको हो ।

    पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसंग छलफल गरेपछि विवाद समाधान भएको समितिका सदस्यहरुले बताएका छन् ।

    हिजै सभापति देउवालाई सहमतिको प्रतिवेदन बुझाउने बताइए पनि हिजो समितिले प्रतिवेदन बुझाएन । आज साँझ पाँच बजेसम्म सभापतिलाई प्रतिवेदन बुझाउने बताइएको छ ।

    बारा, सप्तरीलगायत छ जिल्लाका १३ वटा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको विवाद थियो । यसअघि रमेश लेखकको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता विवाद समाधान समितिले देशभरका १५० भन्दा बढी वडामा देखिएको विवादमा १३औं महाधिवेशनको क्रियाशील सदस्यतालाई आधार मान्ने गरी मिलाएको थियो ।

    तर बारा र सप्तरी लगायतका जिल्लामा देखिएको विवाद मिलाउन नेतात्रयलाई जिम्मा दिइएको थियो । कांग्रेसको १४औं महाधिवेशन आगामी मंसीर ९ देखि १३ गतेसम्मका लागि तय गरिएको छ । सो कार्यतालिका प्रभावित हुन नदिन भदौ १८ देखि वडाको अधिवेशन गर्नुपर्ने हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij