आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकामा बाढीका कारण १० जनाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, भदौ ७, २०७८



  • एजेन्सी । अमेरिकाको टेनेसी राज्यमा भारी बर्षापछि आएको बाढीमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये दुई बालबालिकालाई पनि रहेका छन् ।

    दक्षिण पुर्वी राज्य टेनेसीका अधिकाँश घरहरु बाढीको चपेटामा परेका छन् भने सयौ बिस्थापित भएका छन् । बाढीले बिजुलीका पोलहरुमा क्षति पुर्याउनुका साथै यातायात समेत अवरुद्ध हुँदा उद्धारमा कठिनाई भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

    बाढीबाट सवारी साधनहरुमा क्षति पुगेको छ । प्रतिघण्टा ४ सय ३० मिलिमिटरको दरले भएको बर्षापछी आएको बाढी घर घरमा पसेकाले त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ ।

    बाढीका कारण सञ्चार सम्पर्क टुटेकाले कति मानिस बेपत्ता भए भन्नेबारे यकिन बिवरण नआउन नसकेको अधिकारीहरुले जनाएका छन् । भारी बर्षा अझै केही दिन रहने मौसमबिदहरुले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij