आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

म्याग्दीको दुधेखोलामा भीषण बाढी: एक घर बगायो, २२ घर उच्च जोखिममा

  • प्रकाशित मिति : सोमवार, भदौ ७, २०७८



  • म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-३ दुधेखोलामा गए राती आएको बाढीले एक घर बगाएको छ भने २२ घर जोखिममा परेका छन् ।

    बाढीले स्थानीय दीपा पुनको घर बगाउँदा करिब १७ लाख बराबरको क्षति भएको छ । राती ११ बजेपछि आएको बाढीले घरमा क्षति पु¥याउन थालेपछि तीन जना परिवार राती नै घर छोडेर आफन्तकोमा सरेकाले मानवीय क्षति भने भएको छैन । बाढीले घरमा रहेका लत्ता कपडा, खाद्यान्न र पशु चौपायासमेत बगाएको छ । स्थानीय नारायण पुनको एउटा दुहुनो भैंसी खोलामा मृत अवस्थामा भेटिएको छ ।

    भकिम्लीको लहरेनी र चिनाखेतको सीमानामा पहिरो खसेर दुधेखोलामा मिसिएकोले खोलामा आएको बाढी वस्तीतर्फ सोझिए पछि क्षति भएको बेनी नगरपालिका ३ का वडासदस्य तथा स्थानीयवासी गेमप्रसाद घर्ती मगरले बताउनुभयो ।

    उहाँका अनुसार दीपा पुनको घर पूर्ण क्षति भएको छ भने स्थानीय नारायण पुन र तिलाराम थापाको घर वस्नै नसकिने गरी उच्च जोखिममा छन् । घर्तीका अनुसार तल्लो र उपल्लो गरी दुई भागमा बाडिँएको गाउँमा ४५ घर परिवारको बसोबास रहेको छ । दुधेखोला र म्याग्दी नदीको कटानका कारण सम्पूर्ण घरपरिवार उच्च जोखिममा रहेका उहाँले बताउनुभयो ।

    बाढीले दुधेखोलादेखि करिब ८ सय मिटरको दुरीमा रहेको वस्ती कटान गरेको छ । दुधेखोला र कोप्रे खोलाको बीचमा रहेको बस्ती दुवैतिरबाट कटानमा परेकाले असुरक्षित बन्दै गएको उहाँले बताउनुभयो ।

    बाढीका कारण मंगला गाउँपालिका र बेनी नगरपालिकाका चारवटा वडालाई सदरमुकाम बेनीसंग जोड्ने बेनी–बगरफाँट–सुर्केमेला–बरंजा सडक अवरुद्ध भएको छ । खानेपानीको पाइप बगाएपछि धारामा पानी आएको छैन भने विद्युत सेवा पनि अवरुद्ध भएको छ । स्थानीयलाई आउजाउ गर्न समस्या भएको छ । सुर्केमेलाबाट बेनी ढुवानी हुने दूध र तरकारी पनि ढुवानी हुन सकेको छैन ।

    दुधेखोलाको बाढीले म्याग्दी नदी बग्ने ठाउँलाई साघुरो बनाइदिएको छ । लेदो र ढुङ्गा नदीमा थुप्रिदा तलाउ बनेको छ । जसका कारण म्याग्दी नदीको पारीको वस्ती चुत्रेनी पनि जोखिममा परेको स्थानीयले बताएका छन् ।

    स्थानीयवासीहरुल जोखिमयुक्त घरका सामान सुरक्षित रहेका घरमा सारेका छन् । अहिले जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको छ । प्रहरी निरिक्षक नवराज केसीको नेतृत्वमा घटनास्थल पुगेको सुरक्षाकर्मीको टोलीले क्षतिको विवरण संकलन गर्नुका साथै जोखिमयुक्त घरपरिवारका व्यक्ति र सामानहरुलाई सुरक्षित स्थानमा सार्ने प्रहरी निरिक्षक नवराज केसीले बताउनुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij