आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भावी कार्ययोजना बनाउन माधव नेपालसहितका नेताहरुको चन्द्रागिरीमा आवासीय भेला

  • प्रकाशित मिति : मङ्लबार, भदौ ८, २०७८



  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपालसहित उनीनिकट सांसद र केन्द्रीय सदस्यहरु आवासीय भेलाका लागि चन्द्रागिरि रिसोर्टमा पुगेका छन् ।

    सोमबार र मंगलबार चन्द्रागिरिमै छलफल गर्ने र बुधबार त्यहाँबाट सिधै निर्वाचन आयोग जाने नेता मेटमणी चौधरीले बताए । नयाँ पार्टीको सांसद र केन्द्रीय समितिमा रहेका नेतालाई भावी कार्ययोजना बनाउन छलफलका लागि बोलाइएको नेता चौधरीले जानकारी दिए। उनका अनुसार रिसोर्टमा पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल हुनेछ ।

    यसअघी उक्त समूहले ‘जनताको बहुदलीय समाजवाद’को च्याप्टर क्लोज भएको बताएको थियो । जबजलाई अँगाल्न नसकिने भन्दै पार्टी नाम समेत नेकपा (एकीकृत समाजवादी) राखेर जनताको बहुदलिय समाजवाद अँगाल्ने निर्णय गरेको समूहले यसै बिषयमा छलफलका लागि आवासीय भेला बोलाएको हो ।

    जबज र जबसका बिषयमा सर्वोच्च अदालतले नेकपा खारेज गर्नुभन्दा अगाडी तत्कालिन नेकपामा विवाद हुँदै अँएको थियो । त्यसबेला पूर्वमाओवादीहरु जबसलाई अँगाल्ने पक्षमा थिए भने पूर्वएमालेहरु जबजलाई अँगाल्ने पक्षमा थिए । अहिले एमालेबाट विभाजित भएर प्रस्तावित नेकपा (एकीकृत समाजवादी)मा समेत यो विवाद कायम रहेको छ ।

    भेलाले सरकारमा सहभागी हुनेबारेमा पनि छलफल गर्नेछ । मन्त्रीहरुकोको टुंगो समेत उक्त भेलाले दगाउने दावी गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij