प्रकाशित मिति : बुधबार, भदौ ९, २०७८
काठमाडौं उपत्यकामा ७४५ जनालाई संक्रमण देखिएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ जना संक्रमित थपिएका हुन्।
२४ घण्टामा थप २ हजार ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार १५ हजार २९० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ९ हजार ७८१ जनाको पिसिआर र ५ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यस्तै, १ हजार ७२१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
यसको संक्रमणबाट थप ४४ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij