आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रुकुम पश्चिममा भाद्र १५ देखि विद्यालय खुल्ने

  • प्रकाशित मिति : बिहिबार, भदौ १०, २०७८



  • रुकुम । कोरोना महामारीका कारण लामो समयदेखी बन्द रहेका रुकुम पश्चिमका स्कुलहरु अन्तत भाद्र १५ देखि खुल्ने भएका छ्न् ।

    सदरमुकाम मुसिकोटमा पालिका स्तरीय प्रमुखहरु र सरोकारवाला निकायसङगको छलफल पश्चात् स्कुलहरु खुल्ने सहमति भएको हो ।

    बिद्यार्थिहरुको पठनपाठन ठप्प भएको र शैक्षिक क्षेत्र खस्किन लागेको भन्दै खुल्ने निर्णय भएको हो ।

    यसैबीच बुधबार मात्र आठबिसकोट नगरपालिका शिक्षा शाखाले राखेको प्रधानाध्यापकहरुको बैठकले पनि भौतिकरुपमै उपस्थिति भएर पठनपाठन गर्ने निर्णय गरेको छ ।

    अरु सबै क्षेत्र निर्वाध खुलेको र स्कुल मात्र बन्द गर्दा विद्यार्थिहरुको भबिस्य अन्यौलग्रस्त हुदा छिट्टै स्कुल संचालन गर्नु परेको आठबिसकोट नगरपालिकाका बिद्यालय निरिक्षक ईन्द्र बहादुर बिष्टले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘स्कुलहरु बन्द हुदा बिद्यार्थिहरुको पढ्ने बानी हराएको छ, सिफ्ट प्रणाली बाट, स्वास्थ्य मापदण्ड कडाईका साथ अपनाएर पठनपाठन हुनेछ, समस्या देखिए पुन स्मार्ट लकडाउन गरिने छ । त्यस्तै रुकुम पुर्वको सिस्ने गाउपालिकाले पनि भाद्र १३ देखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ । गतवर्ष कार्तिक १६ देखि संचालन भएका स्कुलहरु यो वर्ष भने २ महिनाअघि नै संचालन गर्न लागिएको हो ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij