आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

४० दिनदेखि चार किशोर बेपत्ता

  • प्रकाशित मिति : शुक्रबार, भदौ ११, २०७८



  • जुम्ला । जुम्ला सुर्की गाउँका चार जना किशोर गत साउन १ गतेदखि सम्पर्कविहीन छन् । तातोपानी गाउँपालिका– ७ सुर्की गाउँका गोविन्द रावतका १६ वर्षीय छोरा पद्मबहादुर रावत हराएका छन् ।

    त्यसैगरि, रामबहादुर रावतका १६ वर्षीय छोरा भीमबहादुर रावत, मुनबहादुर रावतका १७ वर्षीय छोरा तुलबहादुर रावत र देवीभक्त रावतका १७ वर्षीय छोरा कालीबहादुर रावत ४२ दिनदेखि सम्पर्कविहिन रहेको स्थानीय युवा राजु रावतले जानकारी दिएका छन् ।

    सो ठाउँबाट भारतको हिमाञ्चल र उत्तर प्रदेशमा रोजगारीका लागि जाने चलन रहे पनि उनीहरु कहाँ छन् भन्ने कसैलाई थाहा नभएको स्थानीयले बताएका छन् ।

    ती किशोरहरु कालापहाडतिर गएको हुनसक्ने अनुमान गरिए पनि यकिन हुन नसकेको स्थानीय प्रशासनले जनाउको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले किशोरहरु सम्पर्कविहिन रहेको विषय ढिलो गरी जानकारीमा आएको भन्दै यथाशीघ्र खोजी कार्य गर्ने बताउनु भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij