आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौं महानगरका मेयर-उपमेयर र पदाधिकारीले कानुनविपरित बुझेको १ करोड ३६ लाख भत्ता असुल गर्न निर्देशन

  • प्रकाशित मिति : शुक्रबार, भदौ ११, २०७८



  • काठमाडौं । आफ्नै आर्थिक नियमको धज्जी उडाउँदै गत वर्ष एउटै बैठकमा तीन लाख ३९ हजारको चिया पिएको काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले त्यसभन्दा अघिल्लो वर्ष झन धेरै आर्थिक बेथिति गरेको सार्वजनिक भएको छ ।

    महालेखापरीक्षकको कार्यालयको ५८ औ प्रतिवेदनअनुसार उनीहरुले कानुनविपरित एकै दिन एकभन्दा बढी बैठक बसेर सुविधा मात्रै लिएका छैनन्, लकडाउनको समयमा समेत अतिरिक्त काम गरेको भन्दै लकडाउन भत्ता पनि बुझेका छन् ।

    मेयर उपमेयरसहितको पदाधिकारीहरुले यसरी नियमविपरित बुझेको एक करोड ३६ लाख ४४ हजार असुल गर्न महालेखाले निर्देशन दिएको छ ।

    उनीहरुले नगरसभा र नगरकार्यपालिका बैठकको मात्रै अतिरिक्त २६ लाख १२ हजार भत्ता बुझेका छन् । एक दिनमा एउटा बैठकको मात्रै भत्ता बुझ्न पाइने नियम भए पनि उनीहरुले एकै दिन दुईवटा बैठक राखेरसमेत भत्ता बुझेको महालेखाको ५८ औ वार्षिक प्रतिवेदनअन्तगर्तत काठमाडौं महानगरपालिकाको अन्तिम लेखापरीक्षणमा उल्लेख छ । नयाँ पत्रिका

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij