आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

देशभरी बाढी, पहिरोले ठूलो धनजनको क्षति : विभिन्न जिल्लामा पाँच जनाको मृत्यु, चार वेपत्ता

  • प्रकाशित मिति : शनिबार, भदौ १२, २०७८



  • काठमाडौं । लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट देशभरीको जनजीवन प्रभावित भएको छ । बाढी–पहिरोबाट नवलपरासीमा दुई, दाङमा एक, उदयपुरमा एक र कैलालीमा एक गरी पाँचजनाको मृत्यु भएको छ ।

    नवलपुरमा तीन र रूपन्देहीमा एक गरी चारजना बेपत्ता छन् । यस्तै महोत्तरी, कैलाली, कञ्चनपुर, नवलपरासी, रुपन्देहीलगायतका जिल्लामा १५ सयभन्दा बढी घर डुबानमा परेका छन । विभिन्न राजमार्ग तथा पुलहरूमा क्षति पुगेको छ ।

    बाढीले नवलपरासीको रामग्राम– १६ पम्फापुरका ३८ वर्षीय विनोद पासी र उनका छोरा १३ वर्षीय प्रदीपको मृत्यु भएको प्रहरीले जनाएको छ । राति २ बजे घरमा बाढी पसेपछि आश्रयका लागि आफन्तको घर जाने क्रममा उनीहरूलाई भेलले बगाएको हो ।

    दुवैजनाको शव घरनजिकैको खेतमा भेटिएको थियो । बाढी पसेपछि ज्यान जोगाउन निस्केकी सुनवल– १३ की ओरिसा तामाङ बेपत्ता भएकी छन् । बाढीले सदरमुकाम परासी सबैभन्दा बढी प्रभावित देखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij