प्रकाशित मिति : शनिबार, भदौ १२, २०७८
काठमाडौं। अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गरिसकेको तालिबानले अल कायदाका पूर्व प्रमुख ओसामा बिन लादेनको २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी आक्रमणमा संलग्नता नभएको दावी गरेको छ । तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदका अनुसार २००१ मा जब अमेरिकामा आक्रमण भयो त्यतिबेला लादेन अफगानिस्तानमा थिए । उनी यो आक्रमणमा संलग्न थिएनन् ।
मुजाहिदले भने ‘यदि ओसामा यी आक्रमणमा संलग्न थिए वा उनले यो षड्यन्त्र बनाएका थिए भने अहिलेसम्म यसको प्रमाण किन भेटिएनन् ?’ २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरसहितमा भवनहरुमा अपहरण गरिएको हवाइजहाज ठोक्याएर आक्रमण गरिएको थियो । यो आक्रमणमा ३ हजारभन्दा धेरै मानिस मारिएका थिए । त्यसपछि अमेरिकाले अफगानिस्तानमा आक्रमण गरेको थियो र २० वर्षपछि अहिले अफगानिस्तान छोडेर निस्किँदैछ ।
अमेरिकाका अनुसार सेप्टेम्बर ११ को आक्रमणको षड्यन्त्र ओसामा बिन लादेनले नै बनाएका थिए । उनलाई १० वर्षपछि पाकिस्तानको एबटाबादमा अमेरिकी सील कमाण्डोको टोलीले मारेको थियो । एनबीसीको नाइटली न्यूजलाई दिएको एक अन्तरवार्तामा तालिबानका प्रवक्ता मुजाहिदले भने लादेनलाई एक किसिमले निर्दोष करार गर्ने कोसिस गरे । उनले अमेरिकाले अफगानिस्तानमा गरेको आक्रमणलाई पनि गलत बताए ।
सेप्टेम्बर ११ र लादेनका विषयमा सोधिएको एक प्रश्नको वजाफमा मुजाहिदले भने ‘यी आक्रमणपछि अफगानिस्तानमा अमेरिकाको घुसपैठलाई जायज करार दिन सकिन्न । यसको कारण यो हो कि सेप्टेम्बर ११ को आक्रमणको लागि अमेरिका लादेनलाई षड्यन्त्रकारी मान्छ तर उनीविरुद्ध लागेका आरोप कहिल्यै प्रमाणित हुन सकेनन् । लादेन अमेरिकाको लागि सबैभन्दा ठूलो मुद्दा थिए । जब यी आक्रमण भए त्यतिबेला लादेन अफगानिस्तानमा थिए । उनले नै षड्यन्त्र गरे भन्ने प्रमाण सार्वजनिक किन गरिएन
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij