आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नियुक्ति नभएको शिक्षकलाई तलब निकासा

  • प्रकाशित मिति : आइतवार, भदौ १३, २०७८



  • ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नियुक्ति नै नगरिएको शिक्षकलाई तलब निकासा गरेको पाइएको छ । गाउँपालिकाभित्र रहेको दुईवटा विद्यालयमा नियुक्ति नभएका शिक्षकका लागि तलब निकासा गरेको पाइएको हो ।

    महालेखा परीक्षकको ५८ प्रतिवेदनअनुसार आठराई–त्रिवेणी गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालय र छातेढुङ्गा माध्यमिक विद्यालयमा शिक्षक नियुक्ति नगरी तलब निकासा गरेको उल्लेख छ । उक्त विद्यालयले माध्यमिक तह सञ्चालन अनुमति भने विसं २०७६ असारमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमार्फत पाएका थिए ।
    माध्यमिक विद्यालय सञ्चालन अनुमतिप्राप्त गरे पनि दरबन्दी स्वीकृत नभएको विद्यालयलाई गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकका लागि गाउँपालिकाले तलब वापतको रकम निकासा गरेको हो । उक्त विद्यालयमा सम्बन्धित विषय शिक्षक नियुक्ति नभएको तर, गाउँपालिकाले भने प्रतिविद्यालय रु तीन लाख ६६ हजारका दरले रु सात लाख ३२ हजार रकम निकासा गरेको पाइएको छ ।
    यता शिक्षक नियुक्ति नै नगरी गाउँपालिकाले निकासा गरेको उक्त रकम असुलउपर गर्नुपर्ने पनि महालेखा प्रतिवेदनले औंल्याएको छ । नियुक्ति नभएका शिक्षकका लागि रकम निकासा भएको विषयमा आपूmलाई कुनै जानकारी नभएको आठराई त्रिवेणी गाउँपालिका शिक्षा शाखा प्रमुख सीतादेवी लावतीले बताइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij