आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उठेन काठमाडौंको फोहोर, दुई वर्षका लागि भनिएको ठाउँमा १४ वर्षदेखि थुपार्दा समस्या

  • प्रकाशित मिति : सोमवार, भदौ १४, २०७८



  • काठमाडौं । सिसडोल ओखरपौवाका स्थानीयले विरोध जनाएपछि अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किने फोहोर थुप्रिएको छ ।

    २ वर्षका लागि मात्रै काठमाडौंको फोहोर विसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले यसको विरोध गरेका हुन् । स्थानीयको विरोधपछि अहिले काठमाडौंको फोहोर केही समय यता उठ्न सकेको छैन ।

    सरकारले मानव बस्तीको बीचमा फालिएको फोहोरको उचित व्यवस्थापनमा लापरबाही गरेको स्थानीयहरूको गुनासो छ । स्थानीय परशुराम अर्यालका अनुसार ओखरपौवामा १४ वर्षसम्म फालिएको फोहोर व्यवस्थापन गर्न नसक्दा ठूला समस्याहरु देखा पर्न थालेका छन् ।

    काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले सिसडोलमा फोहोर फाल्न अब नसकिने भन्दै बञ्चरे डाँडाको व्यवस्थापन गरेर फोहोर फाल्ने ठाएँ बनाउनुको विकल्प नभएको बताउनुभयो ।

    सिसडोड ल्याण्डफिल्ड साइटका इञ्चार्ज सरकारदीप श्रेष्ठले बाटोभन्दा माथि फोहोर व्यवस्थापन गर्नुपरेकोले समस्या आइरहेको बताउनुभयो । उहाँले हरेक दिन डेढ सय गाडी फोहोर व्यवस्थापन गर्नुपर्नेमा अहिले थोरै संख्यामा मात्र फोहोर व्यवस्थापन गर्न सकिएको जानकारी गराउनुभयो ।

    श्रेष्ठले ल्याण्डफिल्ड साइट जहिल्यै पनि बाटो भन्दामुनि हुनुपर्ने तर नेपालमा फोहोर भन्दा माथि नै बाटो बनाएर एक सय मिटरको हाइटसम्म लगेर फोहोर व्यवस्थापन गर्न परिरहेको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij