आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली काठमाडौंमा

  • प्रकाशित मिति : सोमवार, भदौ १४, २०७८



  • काठमाडौं । नेपालविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली सोमबार काठमाडौं आइपुगेको छ ।

    कप्तान सुनिल क्षेत्रीसहित २५ सदस्यीय टोली काठमाडौं आइपुगेको हो । नेपाल र भारतबीच भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ । तीन साता पोखरामा अभ्यास गरी नेपाली टोली पनि काठमाडौं फर्किसकेको छ ।

    नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा प्रतिस्पर्धा हुन लागेको हो । सन् २०१५ मा विश्वकप छनोटका क्रममा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदा खेल गोलरहित बराबरीमा टुंगिएको थियो । नेपाल र भारत दुवै टोली साफ च्याम्पियनसिपको तयारीका क्रममा रहेका छन् ।

    मैत्रीपूर्ण खेलपछि नेपाली टोली अन्तिम तयारीका लागि कतार जाने तयारीमा छ । असोज १५ गते देखि साफ च्याम्पियनसिप माल्दिभ्समा सुरु हुनेछ । जहाँ भारतले पनि प्रतिस्पर्धा गर्नेछ । नेपालले माल्दिभ्ससँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ ।

    यसैबीच नेपाल र भारतबीचको दुवै खेल साँझ ५ः३० मा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । मैत्रीपूर्ण खेलमा दर्शक प्रवेशबारे भने अहिलेसम्म निर्णय भएको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij