काठमाडौं । नेपालको राजधानी काठमाडौं र श्रीलंकाको राजधानी कोलम्बो सिधा हवाई सञ्जालमा जोडिएका छन् । श्रीलंकन एयरले मंगलबारबाट कोलम्बो–काठमाडौं–कोलम्बो सिधा उडान शुरु गरेको छ । यसअघि यी दुई मुलुकको राजधानी पुग्न अर्को कुनै गन्तब्यमा ट्रान्जिट गर्नुपर्ने बाध्यता थियो ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाज आज बिहान १३२ यात्रुसहित १०ः२४ मा अवतरण गरेको थियो । यो जहाज काठमाडौंबाट ११ः१० मा श्रीलंका फर्कियो । सो क्रममा १४९ यात्रु रहेका थिए । श्रीलंकन एयरले यस रुटमा ए३२० जहाज प्रयोग गरेको छ ।