आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आजदेखि काठमाडौंमा फोहोर उठ्न थाल्याे, व्यवस्थापन गर्न एक महिना लाग्ने

  • प्रकाशित मिति : बुधबार, भदौ १६, २०७८



  • काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर उठाउन थालेको छ । ल्याण्डफिल्ड साइट वरपरका स्थानीय र काठमाडौं महानगरपालिकाबीच हिजो साँझ सहमति भएपछि महानगरपालिकाले आज विहानदेखि फोहोर उठाउन थालेको हो ।

    गत साउन अन्तिममा वर्षाले ल्याण्डफिल्ड साइट पुग्ने बाटो अवरुद्ध भएपछि महानगरपालिकाले फोहोर उठाउन छाडेको थियो भने ल्याण्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राखी थप अवरोध गरेका थिए । जसका कारण दुई साता भन्दा लामो समयदेखि राजधानीको फोहोर ब्यवस्थापन हुन सकेको छैन ।

    हिजो साँझ काठमाडौं महानगरपालिकाको वातावरण विभाग र सिसडोलका स्थानीयबीच ९ बुँदे सहमति भएको हो । महानगरपालिकाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ, सिसडोल इञ्चार्ज सरकारदीप श्रेष्ठ, महानगरीय प्रहरी बृत्त बालाजुका इञ्चार्ज डीएसपी निर्मल बुढाथोकी र नुवाकोटको ककनी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्र बहादुर श्रेष्ठ बलामीबीच ९ बुँदे सहमति भएको हो ।

    सहमति अनुसार महानगरपालिकाले नुवाकोटको तीनपिप्ले–सिसडोल सडक दुई साताभित्र ग्राभेल गर्ने छ भने कालोपत्रेका लागि तत्कालै टेण्डर प्रक्रिया शुरु गरिने छ । यस्तै फोहोर ढुवानी गर्ने गाडीहरुमा लिचेड बक्सको व्यवस्था गर्ने र तीनपिप्ले–सिसडोल सडक खण्डमा पार्किङ गर्न र ओभरलोड ढुवानी गर्न पाइने छैन ।

    उता, सरकारले उपत्यकाको फोहोर ब्यवस्थापनका लागि दीर्घकालीन योजना अन्तर्गत खोजी गरेको बञ्चरेडाँडामा पनि आगामी शुक्रबारदेखि फाहोर ब्यबस्थापन गर्न शुरु गरिने पनि महानगरपालिकाले जनाएको छ । अब कुनै अवरोध नभए उपत्यकाको संपूर्ण फोहोर उठाएर ब्यवस्थापन गर्न एक महिना लाग्ने महानगरपालिकाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij