आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महिला उद्यमीहरूको पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

  • प्रकाशित मिति : बिहिबार, भदौ १७, २०७८



  • काठमाडौं । महिला उद्यमीहरुको ५औं अन्तर्राष्ट्रिय व्यापार मेला भर्चुअल माध्यमबाट सुरु भएको छ । महिला उद्यमी महासंघ नेपालले आयोजना गरेको महिला उद्यमीहरुको ५औं अन्तर्राष्ट्रिय व्यापार मेलाको बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो ।

    भर्चुअल माध्यमबाट मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले महिला उद्यमीहरुको समस्या सरकारले सुन्ने बताउनुभयो । उहाँले सबैको सहकार्यमा नेपालको अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गर्नुपर्ने बताउनुभयो । मुलुकको समग्र विकासका लागि उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने र त्यसनिम्ति सरकार तयार रहेको उहाँले उल्लेख गर्नुभयो ।

    महिला उद्यमी महासंघकी प्रथम उपाध्यक्ष निरु रायमाझी खत्रीले महासंघले विगत चार वर्षदेखि भौतिक उपस्थितिमा प्रदर्शनी गर्दै आएको भएपनि यसवर्ष कोरोना संक्रमणको महामारीका कारण भर्चुअल माध्यमबाट गर्नुपरेको बताउनुभयो ।

    मेलामा हस्तकला, कृषि र खाद्य, व्यापार, सेवा गरी चार किसिमका वस्तुहरुको प्रदर्शनी हुने उहाँले जानकारी दिनुभयो । भर्चुअल माध्यमबाट हुने प्रदर्शनीमा महिला उद्यमीहरु सहभागी हुने र अनलाइन मार्फत् महिला उद्यमीले उत्पादन गरेका सामग्रीहरुको प्रचार प्रचार गरिने उहाँले बताउनुभयो । मेला भदौँ २१ गतेसम्म चल्ने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij