आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चितवनमा गैंडाको आक्रमणबाट महिलाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, भदौ १७, २०७८



  • चितवन । गैंडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ ।

    ईलाका प्रहरी कार्यालय गितानगरका अनुसार भरतपुर महानगरपालिका–२३ निवासी ३८ वर्षीया सम्झना दराइको मृत्यु भएको हो ।

    दिउँसो साढे २ बजे स्थानीय हरियाली सामुदायिक वनमा घाँस काट्न गएको समयमा दराइलाई आक्रमण गरेको थियो ।

    गैंडाले हानेपछि गम्भीर घाइते दराइको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij