आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्राफिक प्रहरीले शुरु गर्‍यो रातिमा समेत गति नियन्त्रण अभियान

  • प्रकाशित मिति : बिहिबार, भदौ १७, २०७८



  • काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातिको समयमा तीव्रगतिका कारणले हुने सडक दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ्ग शुरु गरेको छ ।

    बिशेषगरि कोटेश्वर-सुर्यबिनायक सडक, रिङ्गरोड र चौडा सडकहरुमा तीव्रगतिमा सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दिनको समयमा लेजर गनको प्रयोग गरि तीब्रगति नियन्त्रणको अभियान शुरु गर्दै आएको छ ।

    दैनिक रुपमा दिउँसो हुने चेकिङ्गमा तीव्रगतिमा सवारी चलाउने ३५/४० जना चालकहरुलाई लेजर गन मार्फत कारबाही गर्दै आएका छौ, अब भने रातको समयमा समेत ओभरस्पिड चेकिङ्ग गरि गति नियन्त्रण गर्ने अभियान पहिलो पटक शुरु गरेका छौ । तीब्रगतिमा सवारी चलाउने चालकहरुलाई कारबाहीको साथै सचेत गराएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

    उनले आज रातिदेखि नाइट भिजन लेजर स्पीड गनको प्रयोग शुरु गरेको र यसले तीव्रगति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्युनीकरणमा उल्लेख्य भूमिका निर्बाह गर्ने बिश्वास व्यक्त गरे।

    स्पीड गन प्रयोगमा ल्याएकै दिन सातदोबाटो ग्वार्को क्षेत्रमा ओभर स्पीडमा सवारी चलाउने धेरै सवारी चालकहरुलाई नियन्त्रणमा लिई सचेत गराएको र नाईट स्पीड चेकिङ्गलाई कडाईका साथ लगिने समेत महाशाखाले जानकारी दिएको छ ।

    तीव्रगतिमा सवारी साधन चलाउँदा आफूलाई मात्र नभइ अन्य सडक प्रयोगकर्तालाई समेत जोखिम हुने र दुर्घटनाको सम्भावना अत्याधिक हुने भएकोले तीव्रगति र लापरबाहीका साथ सवारी नचलाउन सम्पुर्ण सवारी चालकहरुलाई ट्राफिक प्रहरी महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij