आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

गत शुक्रबार पक्राउ, आज हिरासतमा मृत्यु !

  • प्रकाशित मिति : आइतवार, भदौ २०, २०७८



  • काठमाडाैं । लागुऔषध गाँजासहित पक्राउ परेका एक जनाको जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–११ का ३७ वर्षीय भीम कामतको आइतबार दिउँसो मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले जानकारी दिए।

    कामतलाई प्रहरीले गत शुक्रबार दिउँसो विराटनगर–११ जनपथ मार्गबाट ३ किलो ४ सय ८० ग्राम गाँजासहित पक्राउ गरेको थियो। जनपथ मार्गमै नास्ता पसल सञ्चालन गरेर बसेका उनलाई घरको कोठा र गाईको गोठमा भुसले छोपेर बोरामा प्याक गर्दै राखेको अवस्थामा गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थपको तयारी गरेको थियो।

    हिरासतमा रहेकै बेला बिरामी भएपछि उनलाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइएको थियो। उनको त्यहाँ उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।अस्पतालमै उनको मृत्यु भएको खबरपछि अहिले कोशी अस्पताल परिसरमा विरोधमा उत्रिएका कामतका परिवारले घटनाको छानबिनको माग गरेका हुन्। उनकी पत्नी यशोदा कामत र भाइ विरेन्द्र कामतले प्रहरी हिरासतमा रहेका व्यक्तिको ज्यान जाने घटना रहस्यमय भएको दाबी गरेका छन्।

    त्यसैले घटनाको छानबिन हुनुपर्छ’ उनीहरुको माग छ । मृतक कामत पक्राउ परेयता जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा थिए। लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थपको तयारीमा प्रहरी थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij