आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अछाममा २२ वर्षीया युवतीदेखि ८० वर्षीय वृद्धसम्म बने कांग्रेसको वडा सभापति

  • प्रकाशित मिति : सोमवार, भदौ २१, २०७८



  • अछाम। नेपाली कांग्रेस अछामले वडाका सभापतिको टुंगाे लगाएको छ। १४औं वडा अधिवेशनले सर्वसम्मत रुपमा वडा सभापतिको टुंगाे लगाएसँगै कम र बढी उमेरमा वडा सभापति बन्नेको चर्चा भइरहेको छ। अछाममा २२ वर्षीया महिला र ८० वर्षीय वृद्ध वडा सभापति निर्वाचित भएका छन्।

    शनिबार मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडाकी २२ वर्षीया जानकी रावल वडा सभापतिमा निर्वाचित भइन्। त्यसलगत्तै चौरपार्टी गाउँपालिका वडा नं ५ लुंग्राको सभापतिमा ८० वर्षीय बृद्ध भिकारी कुँवर सर्वसम्मत वडा सभापति चयन भए। पार्टीले ८० वर्षीय बृद्ध कुँवरलाई सभापतिमा सर्वसम्मत चयन गरेपछि स्थानीय युवा भने असन्तुष्ट छन्।

    कांग्रेसको १४औं महाधिवेशन नजिकिएसँगै जिल्लामा पनि चुनावी सरगर्मी बढ्दै गएको छ। अछाममा वर्तमान सभापति भरतकुमार स्वाँर, पूर्वसभापतिद्वय पुष्पबहादुर शाह, मेघराज खड्का, महासमिति सदस्य युवा नेता राजन कुँवर, गणेशबहादुर विष्ट, रामबहादुर विष्ट, बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनालको नाम सभापतिमा चर्चामा छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij