आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन

  • प्रकाशित मिति : सोमवार, भदौ २१, २०७८



  • काठमाडौं । सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा गर्दै आज बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका छन्। पुतलीसडकबाट बाइक जुलुससहित लगानीकर्ता राष्ट्र बैंक पुगेका थिए।

    सेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि निराश भएका लगानीकर्ताहरुले गभर्नरको राजीनामा माग गरेका हुन्।

    संघर्ष समितिले गभर्नरको राजीनामालाई मुख्य मागको रुपमा राख्दै विभिन्न १५ बुँदे माग राखेको छ। समितिले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्नेलगायतका माग अघि राखेको जनाएको छ।

    यता, सेयर बजारमा भने वृद्धि हुने क्रम जारी छ। यो समाचार तयार पार्दासम्म नेप्समा १२० दशमलव १६ अंकको उछाल आएको छ। अहिलेसम्म पाँच अर्ब ४५ करोड ४३ लाख १६ हजार चार सय ८६ रुपैयाँ बराबरको कारोबार भएको छ । एउटाबाहेक सबै समूहका सूचांक हरिया देखिएका छन्।

    विकास बैंक र हाइड्रोपावर समूहको सूचांक ७ अंकभन्दा माथिले उकालो लागेको छ। फाइनान्स ६ अंकभन्दा बढीले बढेको छ । आज सबैभन्दा धेरै कारोबार गर्नेमा अरुण भ्याली हाइड्रोपावर कम्पनी छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij