आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन

  • प्रकाशित मिति : सोमवार, भदौ २१, २०७८



  • नेकपा(एकीकृत समाजवादी) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ।

    सत्तारूढ गठबन्धनभित्रैको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट नेपाल स्वतन्त्र विद्यार्थी युनियनले गृहमन्त्री खाँणले वाक स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी भारतको विरोध नगर्न विज्ञप्ति जारी गरेको भन्दै सोमबार गृहमन्त्री खाँणको पुत्ला दहन गरेको हो।

    अनेरास्ववियु विश्वविद्यालय राष्ट्रिय कमिटीहरूको आयोजनामा नेपाल कमर्श क्याम्पस मिनभवनमा गृहमन्त्रीको पुत्ला दहन गर्दै विरोध प्रदर्शन गरिएको हो।

    प्रदर्शनमा नाराबाजीसहित एमसिसी सम्झौताको पनि चर्को विरोध गरिएको थियो।

    विरोध प्रदर्शनमा बोल्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले हिजो तानाशाहविरूद्ध लडेका गृहमन्त्रीलाई कुन प्रभुले सिकाएर विज्ञप्ति लेख्ने आँट आयो भन्ने प्रश्न गरे।

    उनले गृहमन्त्री खाँणले भारतलाई रिझाउनका लागि विज्ञप्ति निकालिएको बताए।

    प्रधानमन्त्री शेरबहादुर देउवा आफूहरूकै समर्थनमा प्रधानमन्त्री बनेको भए पनि एमसिसी सम्झौता पारित गर्ने पहल गरेको भन्दै उनले एमसिसी सम्झौता स्वीकार्य नहुने स्पष्ट पारे।

    उनले भने, ‘हामी बालकृष्ण खाँणलाई सोध्न चाहन्छौं, हिजो राजाको विरूद्धमा लड्दै गर्दा हिजो केपी ओलीले तानाशाही कदम चाले, संविधान च्याते, संसद भत्काए भन्ने बालकृष्ण खाँणलाई यो कुन चाहिँ प्रभुले सिकाएर यो विज्ञप्ति लेख्न तपाईंलाई आँट आयो ? किन यस्तो भारतलाई रिझाउने र नरेन्द्र मोदीको गुलाम गर्ने विज्ञप्ति निकाल्नु हुँदैछ ? प्रधानमन्त्री देउवा हाम्रै बलमा प्रधानमन्त्री हुनुभएको छ। एमसिसी जस्तो राष्ट्रघाती सम्झौता गर्ने पहल गरिरहनुभएको छ। एमसिसीजस्तो राष्ट्रघाती सम्झौता किमार्थ सम्भव छैन। राष्ट्रघाती सम्झौता स्वीकार्य छैन।’

    प्रदर्शनमा गृहमन्त्री राजीनामा दे, एमसिसी खारेज गर, भारतीय विस्तारवाद मुर्दावाद, राष्ट्रघाती सम्झौता खारेज गर, सीमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय दे भनी नाराबाजी समेत गरिएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij