आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रुपन्देही जिल्लामा १ हजार केजी बराबरको अबैध कटिङ्ग सुपारी बरामद

  • प्रकाशित मिति : बिहिबार, भदौ २४, २०७८



  • बर्षात क्षेत्री, काठमाडौ । रुपन्देही जिल्लामा ससस्त्र प्रहरीले उत्कृष्ट कामहरु गर्दै आएको छ।

    रुपन्देही जिल्ला सिद्धार्थनगर न.पा. को सीमा ईलाका हुँदै अबैध रुपमा भारततर्फ कटिङ्ग सुपारी चोरी निकासी हुँदैछ भन्ने बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीबाट सशस्त्र प्रहरी निरीक्षक ताम्रजंग बस्नेतको कमाण्डमा खटिएको नाै जनाको स्क्वार्ड टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर न.पा. ११ भुजौलीको सीमा ईलाकाबाट २० वटा बोरामा लुकाई छिपाई चोरी निकासी गर्न लागेको अन्दाजी मुल्य रु. ६ लाख बराबरको बेबारिसे १ हजार के.जी. बराबरको कटिङ्ग सुपारी बरामद गरेको गरेकाे हाे ।

    उक्त कटिङ्ग सुपारी भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाउने प्रक्रियामा रहेको २७ नम्बर गणका गणपति ससस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिनु भएको छ।

    गणपति उप्रेतीका अनुसार कटिङ्ग सुपारीलाई कहाँबाट ल्याएको र ओसार-पसार कार्यमा को-को संलग्न छन् भन्ने बिषयमा थप अनुसन्धान भई रहेको जानकारी दिनुभएकाे छ।

    सिमा क्षेत्रमा शान्ति सुरक्षा अमन चयनको ब्यबस्थापनका लागि खटिदै आएकोअर्धसैनिक बलले रुपन्देहीमा बरामद गरेको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij