आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आमाको निधन भएको भोलिपल्ट आफ्नो जन्मदिन, अक्षय कुमारले यसरी पोखे पीडा

  • प्रकाशित मिति : बिहिबार, भदौ २४, २०७८



  • काठमाडौं। आज ९ सेप्टेम्बर बलिउड स्टार अक्षय कुमारको जन्मदिन हो । अक्षय कुमारको जीवनमा यो खास दिन आउनुभन्दा ठिक एक दिन अघि हिजो मात्र उनको जीवनमा ठूलो घटना घट्यो । हिजो उनकी आमा अरुणा भाटियाको निधन भयो । अक्षयले आफ्नो जन्मदिनमा आमाको साथमा एउटा तस्वीर शेयर गरेर आमालाई सम्झिएका छन् ।

    इन्स्टाग्राममा अक्षयले आमाको साथमा तस्वीर शेयर गर्दै लेखेका छन् ‘यस्तो तरिकाले कहिल्यै पनि चाहेको थिइन तर मलाई विश्वास छ कि उहाँ त्यहाँबाट मेरो लागि ह्याप्पी बर्थडेको गीत गाउँदै हुनुहुन्छ होला । तपाइँहरु सबैको समवेदना र शुभकामनाको लागि आभार । जीवन चलिरहन्छ ।’ अक्षय कुमारको यो पोस्टमा सेलिब्रेटी र फ्यानहरु सबैले कमेन्ट गरेका छन् ।

    हिजो अक्षयले आमाको निधनको जानकारी पनि सामाजिक संजालबाटै दिएका थिए । उनले लेखेका थिए ‘उहाँ मेरो अहम हिस्सा हुनुहुन्थ्यो । आज मलाई असहनीय पीडा भइरहेको छ । मेरी आमा श्रीमती अरुणा भाटियाले आज यो संसारबाट विदा लिनुभयो । उहाँ अर्को संसारमा मेरा पितासँग फेरि भेट्नुभएको छ । म तपाइँको सहानुभूतिको सम्मान गर्छु किनकि म र मेरो परिवार अहिले निकै कठिन अवस्थामा छ । ओम शान्ति ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij