आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बलिउड चलचित्र सुटिङ स्थल अवलोकन गर्न मनाङमा

  • प्रकाशित मिति : शुक्रबार, भदौ २५, २०७८



  • काठमाडौं । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायंकन हुन लागेको चलचित्र “उंचाई” को छांयकन स्थल अबलोकन गर्न निर्माता निर्दशक सुरज बडाजात्याको टोली अल्टिच्युड एयरको २ वटा हेलिकप्टरबाट भाद्र २१ गते मनाङ पुगेका छन् ।

    उक्त टोली २ दिन मनाङमै रहि मनाङ ङिस्याङ गांउपालिका वरपर स्थानको अबलोकन गरेका छन् । २ दिनको अबलोकन पश्चात् टोली बुधबार काठमाण्डौ फर्कि सगरमाथा आधार शिबिरमा पनि सुटिङ स्थलको लागि अबलोकन गर्न जाने नेपालको लागि थ्री वीलर्स फिल्मसका अध्यक्ष लाईन प्रोड्युसर सुरज अचार्यले जानकारी दिएका छन् । मनाङको लोकेशन निकै मन पराएको र मनाङमा १० दिन जतिको सुटिङ हुने नेपालको लागि लाईन प्रोड्युसर सुरज अचार्यले जानकारी दिए ।

    मनाङ जिल्ला लगायत नेपालको अन्य स्थानमा पनि सुटिङ हुन लागेको यस चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङपा, सारिका, बोमन ईरानी, परिणिती चोपडा, आदिको मुख्य भुमिका रहेको छ । २ हप्ता अगाडि पनि यस टोलीले जोमसोम, कागबेनी, लुक्ला, नाम्चे बजार र लाङटाङ क्षेत्रको अबलोकन गरिसकेको छ । कोभिडले गर्दा थला परेको पर्यटन ब्यवसाय यो चलचित्रको सुटिङले मनाङको पर्यटन ब्यवसायलाई धेरै सहयोग पुग्ने र चलचित्र प्रदर्शन पश्चात् मनाङमा भारतिय पर्यटकहरू धेरै आउने सक्ने पर्यटन ब्वसायी बिनोद गुरूङले जानकारी दिए ।

    गुरूङका अनुसार यो बलिउड चलचित्र प्रदर्शन पश्चात् मनाङ मात्र नभई सिङगो नेपालकै प्रचार भई नेपाललाई विश्व सामु चिनाउन मद्वत पुग्ने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij