प्रकाशित मिति : शनिबार, भदौ २६, २०७८
काठमाडौं । नेपालमा भारतको पुर्वी राजस्थानमा आसपासमा अवस्थित न्युन चापिय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। जसले गर्दा मनसुन न्यून चापिय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार देशभर आँशिक देखि सामान्य वदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
देशको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू(भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । वर्षाका कारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै, काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १९ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २८ देखि ३० डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर ४८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १४ मिनेटमा हुनेछ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
भाद्र २६ गते (शनिबार)
दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भाद्र २७ गते (आइतबार)
दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भाद्र २८ गते (सोमबार)
दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij