आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चार पुस्ताको किरिया एकै पटक

  • प्रकाशित मिति : शनिबार, भदौ २६, २०७८



  • काठमाडौं । बौदमान कार्कीका परिवारका ६ जनाको हत्या हुँदा चार पुस्ता नै सकियो । अहिले त्यही घरमा चार पूस्ताको सामूहिक किरिया एकै पटक सुरु भएको छ। बौदमानका ३ छोरा, ३ छोरी, १ नाति र नातिनी बुहारी किरिया बसेका छन् ।

    बौदमानकी पत्नी ८४ वर्षीया पार्वता कार्की, छोरा ५८ वर्षीय तेजबहादुर कार्की र तेजबहादुरीकी पत्नी ५२ वर्षीया कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की र नातिनातिना ११ वर्षीय दीपेन र ७ वर्षीय गोमा कार्कीको अज्ञात समूहले हत्या गरेको अवस्थामा गत सोमबार शव भेटिएको हो । बुधबार बेलुका इटहरीस्थित बूढीगैगा जमुना मुक्ति घाटमा उनीहरुको सामूहिक दाहसंस्कार भयो ।

    दाहसंस्कारपछि किरिया बस्नेहरु बिहीबार बेलुका मादीस्थित घर आइपुगे । मृतक तेजबहादुरका कान्छो छोरा नरेशm बुहारी र दुई छोरी पनि रमेश कार्की कोरोना महामारीका कारण उडानमा अवरोध हुँदा अहिलेसम्मआउन पाएका छैनन् । नरेश दुबईमा थिए । घटनापछि उनी भने आएर किरियामा बसेका हुन् । नरेश दाहसंस्कारमा पनि सहभागी हुन भ्याए ।

    अन्नपूर्ण

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij