आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

‘क्रियाशील सदस्यता विवाद समाधान नगरी अधिवेशन गराउनु दुःखद’

  • प्रकाशित मिति : मङ्लबार, भदौ २९, २०७८



  • काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहले क्रियाशील सदस्यता विवाद समाधान नगरी वडा अधिवेशन गराउनु दुःखद भएको बताएको छ । संस्थापन इतर समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि पत्रकार सम्मेलन गरी अधिकांश जिल्लामा पार्टी प्रवेशका नाममा निर्धारित विधि, प्रक्रिया र मापदण्डबमोजिम क्रियाशील सदस्यता विवाद समाधान नभएको जनाएको छ ।

    पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले यस्ता कार्य लोकतान्त्रिक प्रणाली, पार्टीको मर्यादा र मूल्य परम्पराविपरीत हुन् भने । उनले अधिवेशन प्रारम्भ भएको एक हप्तासम्म २० जिल्लाको क्रियाशील सदस्य सूची अझै टुङ्गो नलाग्नु दुःखद भएको बताए । उनले यथाशीघ्र विधि र प्रक्रियाअनुसार नेतृत्व चयनका लागि पुनः निर्वाचन गर्नसमेत माग गरे । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij