शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

मार्शल लगाएर बजेट पारित भएपछि स्थगित गण्डकी प्रदेश सभा बैठक बस्दै

  • प्रकाशित मिति : मङ्लबार, भदौ २९, २०७८



  • काठमाडौं । दुई महिनापछि आज दिउँसो १ बजे गण्डकी प्रदेश सभा बैठक बस्दै छ । गत असार ३० गते मार्शल लगाएर बजेट पारित गरेपछि अर्को सूचना जारी नभएसम्मकालागि स्थगीत भएको बैठक आज बस्न लागेको छ ।

    आजको बैठकमा सबै दलको तर्फबाट भनाइ राख्ने र मुख्यमन्त्री पोखरेलले त्यसको जवाफ दिने कार्यसूची रहेको छ ।

    बैठकमा आमसञ्चार विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक, प्राइभेट फर्म दर्तासम्बन्धी विधेयक र बालबालिकासम्बन्धी विधेयक प्रस्तुत हुने संसद सचिवालयले जानकारी गराएको छ ।

    बजेटप्रति असहमतिका कारण प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकाबीच बजेट पारित भए पनि फेरि बैठक बस्न सकेको थिएन ।

    पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले ल्याएको बजेटका योजना काटिएको, अघिल्लो सरकारका महत्वपूर्ण योजनालाई कम प्राथमिकतामा नराखिएको लगायतको विमति राख्दै त्यो नसच्याएसम्म फेरि बैठक चल्न नदिने एमालेले अडान लिँदै आएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij