आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक पक्राउ

  • प्रकाशित मिति : बिहिबार, भदौ ३१, २०७८



  • सङखुवासभा । सङखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ ।

    प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुर कार्कीका भाई नरेश कार्कीलाई नियन्त्रणमा लिएको हो । हत्या गरिएका तेजबहादुर कार्कीकी बुहारी रञ्जनाको हराइरहेको मोबाइल नरेशको साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।

    तेजबहादुरसहित परिवारका अन्य ६ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको थाहा भएको बताइएको छ । नियन्त्रणमा लिइएका नरेशसँग प्रहरीले सोधपुछ जारी राखेको छ ।

    भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij