आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सरकारको पछिल्लो आदेशबाट उपत्यकाको विद्यालय क्षेत्रमा अन्योल, सञ्चालकहरुलाई विद्यालय खोल्ने हतारो

  • प्रकाशित मिति : शुक्रबार, अशोज १, २०७८



  • काठमाडौं । सरकारको स्पष्ट नीति नहुँदा उपत्यकाको विद्यालय क्षेत्र अन्योलमा परेको छ । सरकारले एकातिर जिल्ला प्रशासन कार्यालयहरु मार्पm भौतिक उपस्थितिमा विद्यालय नखोल्ने आदेश जारी गराएको छ भने अर्कोतर्फ विद्यालय खोल्नै पर्ने भए स्थानीय तहसंगको अनुमति र समन्वय गर्नसक्ने भनेको छ ।

    विद्यालय संचालकहरुले जिल्ला प्रशासन कार्यालयको आदेशलाई आ–आफ्नै सुविधा अनुसार ब्याख्या गरेका छन् । कतिपय विद्यालय आज असोज १ गतेदेखि संचालनमा आईसकेका छन् भने कतिपयले संचालनको तयारी गरिहेका छन् । तर अधिकांश विद्यालय अन्योलमा परेका छन् ।

    यसै पनि अबको तीन सातामा दशैं तिहारको बिदा शुरु हुने भएकाले यो बीचको अवधिमा के गर्ने भन्ने अन्योल विद्यालय क्षेत्रमा देखिएको हो । काठमाडौं महानगरपालिकाले विद्यालय सञ्चालन गर्न दिने विषयमा औपचारिक निर्णय गरिसकेको छैन ।

    बिहीबार बसेको महानगरपालिकाको बैठकले विद्यालय खोल्नका लागि मापदण्ड तयार पार्न समिति गठन गरेको छ । असोज ४ गते सो समितिले बुझाउने प्रतिवेदनमाथि छलफल गरेर निर्णय लिइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

    तर काठमाडौंकै अन्य नगरपालिकाहरुले भने विद्यालय संचालनको अनुमति दिईसकेका छन् । ललितपुर महानगरपालिकाले पनि असोज १ देखि विद्यालय खोल्न अनुमति दिएको छ । विद्यालय सञ्चालकहरुको जोड भने जसरी पनि विद्यालय खोल्ने रहेको छ ।

    दशैं अघि नै बक्यौता शुल्क असुल्नका लागि पनि संचालकहरु विद्यालय खोल्न हतारिएको आरोप अभिभावकहरुले लगाएका छन् ।

    उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले यसअघि जारी गरिएको आदेश अनुसारकै निषेधाज्ञा असोज १ पछि पनि कायम रहने निर्णय गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij