आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भक्तपुरको संचित सहकारीमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : शनिबार, अशोज २, २०७८



  • भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित संचित सहकारीका सञ्चालक पदाधिकारी तथा विभिन्न उपसमितिका सदस्यहरुलाई लक्षित गरी एक हप्ते क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।

    संस्थाको शिक्षा उपसमितिले सिलसिला मिलाएर बोल्ने शैली तथा औपचारिक कार्यक्रम सञ्चालन सम्बन्धीको तालिम दिएको हो ।

    तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष योगेन्द्र खर्बुजाले संस्थागत विकासलाई मध्यनगर गरि क्षमता विकास तालिम आयोजना गरेको जनाउनुभयो ।

    कोही पनि व्यक्ति सबै क्षेत्रमा निपूर्ण हुँदैनन् । क्रमिक रूपमा आवश्यकता बमोजिम क्षमता विकास गर्दै लानुपर्छ, अध्यक्ष खर्बुजाको भनाइ छ । तालिम कार्यक्रमले सार्वजनिक रूपमा बोल्न नसक्ने प्रशिक्षार्थीहरूको सिलसिला मिलाएर बोल्ने शैलीको विकास भएको बताउनुभयो ।

    भदौ चौंथो हप्तादेखि भुलांचास्थित संस्थाको आफ्नै भवनमा आयोजित कार्यक्रमलाई एक समारोहकाबीच शुक्रबार समापन गरिएको छ । सञ्चारकर्मी केके मानन्धरले प्रशिक्षण दिएको तालिम कार्यक्रमलाई ईन्दिरा प्रजापतिले संयोजन गर्नुभएको हो । क्षमता अभिवृद्धि तालिम कार्यक्रममा विभिन्न पेशा र व्यवसायमा आवद्ध भएका सहकारीका पदाधिकारी तथा सदस्यहरुको उत्साहजनक सहभागिता थियो ।

    २०६६ सालमा स्थापना भएको संस्थाले वित्तीय सुशासनलाई ध्यान दिँदै सामाजिक उत्तरदायित्व समेत पूरा गर्दै आएको छ । देशमा कोभिड १९ को महामारी फैलिएको बखत भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट र स्वास्थ्य क्षेत्र विकास गर्न आह्वान गरेको कोषमा संस्थाले एक लाख नगद सहयोग गरेको थियो ।

    जिल्लाकै उत्कृष्ट दश सहकारीहरूको सुचीमा सुचिकृत गराउन सफल भएको संस्थाले आ. व. २०७७/०७८ मा ५६ करोडको कारोवार गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij