आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुई महिनामा डेढ खर्ब बढी राजस्व संकलन, १० खर्ब ५० अर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य

  • प्रकाशित मिति : शनिबार, अशोज २, २०७८



  • काठमाडों । सरकारले दुई महिनाको अवधिमा डेढ खर्ब बढी राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ खर्ब ६८ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ संकलन भएको विवरण सार्वजनिक गरेको छ ।

    सरकारले बजेटको संशोधनमार्फत चालु आर्थिक वर्षमा १० खर्ब ५० अर्ब राजस्व संकलन हुने लक्ष्य राखेको छ । सरकारले दुई महिनामा कर राजस्वअन्तर्गत एक् खर्ब ४८ अर्ब तथा गैर कर राजस्व अन्तर्गत २० अर्ब रुपैयाँ राजस्व संकलन गरेको हो ।

    भदौ महिनामा मात्र ७५ अर्ब रुपैयाँ राजस्व संकलन भएको सरकारी तथ्यांक छ । साउन महिनामा ९३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो भने २ महिनामा उच्च आयातको कारण सरकारले लिएको लक्ष्य अनुसार राजस्व संकलन पूरा भएको हो । दुई महिनामा सरकारले चालु खर्च तर्फ ५८ अर्ब खर्च गरेको छ ।

    यस्तै २ अर्ब ६ करोड विकास खर्चमा तथा वित्तीय व्यवस्थामा २८ अर्ब खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । सरकारले बजेट समयमा पास गर्न नसकेपछि बुधबारदेखि कुनैपनि सरकारी खर्च गर्न पाएको छैन । राजस्व संकलन गर्न भने सरकारले पाउने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij