प्रकाशित मिति : मङ्लबार, अशोज ५, २०७८
झापा, असोज ४ । गाउँपालिकाभित्र समानुपातिक विकास नभएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाह्रदशी गाउँपालिकाको कार्यालयमा सोमबार तालाबन्दी गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश तहका नेता तथा कार्यकर्ताको समेत उपस्थितिमा बाह्रदशी गाउँपालिकाको कार्यालयमा राप्रपाले तालाबन्दी गरेको हो । गाउँपालिकाको कार्यालयमा अनिश्चित कालका लागि भन्दै बिहान १० वजे नै राप्रपाका कार्यकर्ताले गाउँपालिकाको कार्यलयमा तालाबन्दी गरेका हुन् ।
बाह्रदशी गाउँपालिकाको सबै वडामा सडकको दुरावस्था रहेको, सडक बिग्रिएको बर्सौं बितेपनि सडकको मर्मत सम्भार नभएको, सडकमा परेका खाल्डाखुल्डीका कारण अत्यावस्थक सवारी साधन एम्बुलेन्स समेत सञ्चालन गर्न नसकिएको र आवत जावतमा कठिनाई भएको भन्दै गाउँपालिकाको कार्यलयमा तालावन्दी गरिएको बताइएको छ ।
स्थानीय सरकार सञ्चालन भएसंगै राप्रपाले गाउँ तथा वडाको विकासका लागि छनौट गरेका योजना कार्यान्यवनका लागि वजेटको व्यवस्थापन गर्न गाउँपालिकासंग माग गरेको तर आफूहरुले माग गरेका योजनाको कुनै सुनुवाई नगरेकाले गाउँपालिकामा तालावन्दी गरिएको राप्रपाका प्रदेश सदस्य रामकुमार सिंह राजवंशीले बताउनुभयो ।
गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएसंगै बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग प्रसाद राजवंशीले राप्रपाका माग सम्बोधन गर्ने बताउनु भएको छ । गाउँपालिका अध्यक्ष राजवंशीले राप्रपाले उठाएका माग दुई दिन भित्र सम्वोधन गर्ने प्रतिवद्धता जनाएपछि गाउँपालिकामा लगाइएको ताल खुलेको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij