आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानसेनापति शर्माले गरे नीतिबाट जर्नेल कार्कीको सरुवा, सिग्देललाई जिम्मेवारी

  • प्रकाशित मिति : मङ्लबार, अशोज ५, २०७८



  • काठमाडौं। नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नीति निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेका जर्नेलको हेरफेर गर्दै आफ्नो कार्यकालको शुरुवात गरेका छन्।

    प्रधानसेनापति शर्माले नेपाली सेनाको नीति तथा योजनाका प्रमुख उपरथी अनन्त कार्कीलाई सैनिक मुख्यालयभन्दा बाहिर नेशनल डिफेन्स युनिभर्सिटीमा सरुवा गरेका छन्। र, नीति तथा योजनाको प्रमुखको जिम्मेवारी उपत्यका कमाण्डका कमाण्डर उपरथी अशोक सिग्देललाई दिएका छन्। जर्नेल सिग्देलले उपत्यका कमाण्ड र नीति तथा योजना दुबैको जिम्मेवारी सम्हाल्ने छन्।

    पूर्वी पृतनाको प्रमुख हुँदा तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई अगाडि राखेर चुरोट पिउँदै गरेको फोटो र भिडियो सार्वजानिक भएपछि जर्नेल अनुशासनको विषयमा निकै विवादमा परेका थिए तर उनीको सो कार्य विवादास्पद भए पनि उनीमाथि कुनै कारवाही भएको थिएन।

    अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा निकै शक्तिशाली मानिएका जर्नेल कार्कीलाई नेतृत्व परिवर्तन हुनेवित्तिकै सरुवा गरिएको छ ।

    सरुवा गर्ने कुरा सामान्य प्रक्रियामा पर्ने भएपनि उनलाई मुख्यालयभन्दा बाहिर सरुवा गरी सो ठाउमा यसपछिका प्रधानसेनापतिको दावेदार मानिएका सिग्देललाई जिम्मेवारी दिनुलाई सेनाभित्र नयां नेतृत्वको पहिलो सन्देशका रुपमा बुझिएको छ।

    रथीबृन्द काज नियुक्ति सम्बन्धमा सैनिक मुख्यालयबाट प्रकाशित सूचनाअनुसार, जर्नेल कार्कीलाई असोज १ गतेदेखि लागू हुने गरी काज सरुवा गरिएको हो। उनलाई राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, पूर्वाधार विकास समितिको कार्यालयमा सरुवा गरिएको छ।

    व्यबस्था, नीति तथा योजना महानिर्देशनलालयमा भने उपत्यका कमाण्ड हेड क्यावर्टरका कमाण्डर उपरथी अशोकराज सिग्देललाई “आफ्नो कार्यको अतिरिक्त व्यबस्था,नीति तथा योजना महानिर्देशनालयको समेत कार्यभार सम्हाल्ने गरी तोकिएको” सैनिक सूचनामा उल्लेख गरिएको छ।

    त्यसैगरी सैनिक सचिव विभागमा रही राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, पूर्वाधार विकास समितिमा रहेका उपरथी विज्ञानदेव पाण्डेलाई शोध तथा विकास महानिर्देशनालयमा काज सरुवा गरिएको छ।

    प्राविधिक सहायक रथी मिलन घलेलाई बहुउदेश्य प्लाष्टिक उद्योग कार्यालयबाट सैनिक सामग्री उत्पादन निर्देशनालय र सो निर्देशनालका प्राविधिक सहायक रथी हेगेन्द्रलाल महर्जनलाई बहुउद्देश्य प्लाष्टिक उद्योग कार्यालयमा सरुवा गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij