प्रकाशित मिति : शुक्रबार, अशोज ८, २०७८
गएको वर्षको फागुन महिनाको पहिलो हप्ता गायिका ईन्दिरा जोशीले आफ्नो हातमा लगाएको औंठीको फोटो सेयर गर्दै क्याप्सनमा लेखेकी थिइन्, ‘२ वर्षको साथ र आउँदो जीवनका समयको निरन्तरता… अन्तिम श्वाससम्म हामी सँगै हुनेछौं।’
त्यसबेला गायिका ईन्दिराले फेसबुकमा आफू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलाए पनि प्रेमीको अनुहार सार्वजनिक गरेकी थिइनन्। त्यसले नेपाल आइडलकी निर्णायकसमेत बनिसकेकी ईन्दिराका फ्यान र शुभचिन्तकहरुको खुल्दुली बढाएको थियो।
अब त्यो खुल्दुलीको समय सकिएको छ। गायिका ईन्दिरा र फेसन डिजाइनर शरद केडियाबीच ‘इन्गेजमेन्ट’ भएको छ। क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा शरदले ईन्दिरालाई औठी लगाउँदै गरेको भिडिओ सार्वजनिक भएको हो।
उनीहरुले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेका हुन्। सार्वजनिक भिडिओमा कुनै फिल्मको दृश्यजस्तै लाग्ने गरी शदरले ईन्दिरालाई औठी लगाउँदै गरेको देख्न सकिन्छ।
टिकटकमा भिडिओ राख्दै ईन्दिरा र शरदलाई नयाँ उज्वल भविष्यको कामना दिएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij