आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सेनेटरी प्याडको मूल्य बढेकोमा विरोध

  • प्रकाशित मिति : शुक्रबार, अशोज ८, २०७८



  • प्रज्ञा तिमल्सीना
    काठमाडौं । पछिल्लो समय महिनावारीको समयमा आधुनिक सेनेटरी प्याड प्रयोग गर्ने महिलाको संख्या बढ्दो छ । महिनावारीको समयमा हुने संक्रमणबाट बच्न सेनेटरी प्याड सुरक्षित मानिन्छ ।

    सुरक्षित मानिने भएकै कारण धेरै महिलाले महिनावारीको समयमा बजारमा सजिलै पाइने सेनेटरी प्याड प्रयोग गर्छन् । सामान्यतया यस्ता प्याड प्रति प्याकेट ७० देखि ३ सय रुपैयाँसम्म पर्ने गर्दछ । एक प्याकेडमा ६ वटा सम्म प्याड हुन्छन । तर, यी प्याड विदेशवाटै आयातित हुने गर्दछ ।

    नेपालमै उत्पादन गर्न थालिए पनि आयातित प्याडको माग र प्रयोग बढ्दाे छ । जसका कारण वर्षेनी करोडौं रुपैयाँको सेनेटरी प्याड नेपालमा आयात हुन्छ । तर, सरकारले भने सेनेटरी प्याड आयातमा लाग्ने भन्सार शुल्कमा वृद्धि गरेपछि त्यसको विरोध भएको हो ।

    बिहीबार युथ कांग्रेस नेपालका सदस्यहरूले माइतीघर मण्डलामा प्याडकाे मूल्य बढेकाेमा विराेधसमेत गरे । ‍याे विषय संसदको शिक्षा तथा स्वास्थ्य समितिमासमेत उठिसकेको छ । सरकारको निर्णयबाट प्रत्यक्ष प्रभावित हुनेमा किशोरीहरूको समूह ठूलो छ । तत्काल सरकारले निर्णय सच्याउनुपर्ने उनीहरूकाे माग छ ।

    सामान्यतया महिलाहरुको महिनावारी १०/१२ वर्षको उमेददेखि ४९/५० वर्षसम्म चल्ने गर्छ । एक पटक महिनावारीको समयमा नै एक महिलालाई दुई प्याकेट भन्दा बढी सेनेटरी प्याड आवश्यक पर्छ । जसका कारण महिनाको ठूलो रकम प्याडमा खर्च हुने गर्छ । कण्डम सित्तैमा बाडेको सरकारले सेटेरी प्याड पनि निःशुल्क गर्नुपर्ने महिलाहरूको माग छ ।

    नेपालमा उत्पादित सेनेटरी प्याडले बजार लिन सकेको छैन । नेपालमा उत्पादित सेनेटरी प्याडलाई प्रवर्द्धन गर्नुपर्दछ । तर, स्वदेशी उत्पादनले बजार लिने अवस्थासम्म सरकारले प्याडमा सहुलियत दरमा वितरण गर्ने नीति लिन जरुरी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij