आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नारायणहिटीमै गरे एक युवकले श्रीपेचमाथि खुकुरी प्रहार, भने–‘म राजा हुन आएको हूँ’

  • प्रकाशित मिति : शुक्रबार, अशोज ८, २०७८



  • काठमाडौं। नारायणहिटी दरबार संग्रहालयभित्र राखिएको श्रीपेचमाथि एक युवकले खुकुरी प्रहार गरेका छन् ।

    नारायणहिटी दरबार संग्रहालय अवलोकनमा पुगेका ती युवकले सँगै राखिएको खुकरी निकालेर श्रीपेच राखिएको शीशाको बाकसमा प्रहार गरेको हाम्रा संवाददाता गृष्मा राजभण्डारीले जानकारी दिनुभएको हो ।

    शुक्रबार बिहान अवलोकनका लागि संग्रहालय पुगेका पश्चिम रुकुम मुसिकोट– ११ का २५ वर्षीय खिमबहादुर घर्तीले खुकुरी प्रहार गरी शीशा फुटाएर श्रीपेच निकाल्न खोजेका हुन् ।

    यसअघि पनि संग्रहालय पुगेका घर्तीले तेस्रो प्रयासमा श्रीपेचमाथि प्रहार गरेको बताएका छन् । श्रीपेच निकाल्न खोज्ने उनलाई तत्कालै सुरक्षार्थ रहेका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

    आफू राजा हुन आएको भन्दै ती युवकले श्रीपेच निकाल्न खोजेका थिए । श्रीपेच निकालेर लगाउने दाउमा उनी रहेको सुरक्षाकर्मीले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij