आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तालिवानको बर्बरताः चार अपहरणकारीको हत्या गरि व्यस्त चोकमा शव झुन्डाइयो

  • प्रकाशित मिति : आइतवार, अशोज १०, २०७८



  • काबुल। तालिवानले अपरहणको आरोप लागेका चार जनालाई गोली हानी हत्या गरेर उनीहरुको शब सार्वजनिक स्थलमा झुन्डाएका छन्। तालिवानका एक वरिष्ठ अधिकारीले अपराध गर्नेलाई सरकारले कठोर सजाँय दिने चेतावनी दिएको दुई दिन नबित्दै हेरात सहरमा पछिल्लो घटना सार्वजनिक भएको हो।

    हत्या गरेपछि तालिवान लडाकुले ती कथित अपहरणकारीमध्ये एक जनाको शव बजारको व्यस्त चोकमा प्रदर्शन गरेका थिए। स्थानीय व्यापारी वाजिर अहमद सिद्दिकीका अनुसार चार शबमध्ये एउटालाई के्रनमा झुन्डाइएको थियो भने अन्य शब सहरका अन्य चोकमा प्रदर्शनमा राखिएको थियो।

    आगामी दिनमा अपहरणका घटना नहुन भनेर चोक चोकमा शब प्रदर्शन गरिएको हेरातका सहायक गभर्नर मौलवी शैरले बताए । अपहरणकारीको तालिवान लडाकुको कारबाहीमा मारिएको उनले बताए।
    आरोपित व्यक्तिहरुले एक व्यापारी र उनका छोरालाई अपहरण गरेर फिरौती रकम माग गरेको बताइएको छ।

    दुई दिनअघि तालिवानका वरिष्ठ नेता मुल्लाह नोरुद्दिन तुराबीले कडा सजाँय र मृत्युदण्ड कायमै रहने बताएका थिए। ‘कठोर सजाँयका लागि हामीलाई धेरैले आलोचना गर्छन्। यो आ–आफ्नो देशको कानूनमा निर्भर हुन्छ,’ पूर्व कानुनमन्त्रीसमेत रहेका नोरुद्दिनले भनेका थिए, ‘हाम्रो कानुनबारे कसैले केही भन्न मिल्दैन्। हामी कुरानमा आधारित रहेर कानुन बनाउँछौं। ’

    दोषिमाथि दिइने अमानवीय सजाँय र महिलामाथि लगाइएको प्रतिबन्धका कारण तालिवानको पहिलो शासनकाल विश्वमै कुख्यात थियो। सन् १९९६ मा तालिवानको पहिलो शासनकालमा बलात्कार अभियोग लागेका व्यक्तिको अंग छेदन गरिन्थ्यो भने सामान्य अपराध गर्नेलाई पनि सार्वजनिक स्थलमा लगेर हात र खुट्टा काटिन्थ्यो। महिलाले सम्पूर्ण शरिर ढाक्ने बस्त्र लगाउनुपथ्र्यो । उनीहरुलाई विद्यालय जान र घरबाट एक्लै बाहिर निस्कन रोक थियो । तालिवानले सिमान्तकृत र अल्पसंख्यकको अधिकार पनि कटौती गरेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij