आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

तातोपानी नाकामा नेपाली व्यापारीका सयौं कन्टेनर अलपत्र, दसैंको सामान दसैैपछि काठमाडौं आइपुग्ने

  • प्रकाशित मिति : आइतवार, अशोज १०, २०७८



  • काठमाडौं । चिनियाँ पक्षले तातोपानी नाका नखोल्दा चाडवाडलाई लक्षित गरी ल्याइएको सामान नाकामै अलपत्र परेको छ ।

    चिनियाँ अधिकारीहरुले ज्यादै न्युन संख्यामा कन्टेनर छाड्ने गर्दा दशैंका लागि ल्याइएका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री चाडवाड सकिंदा पनि नेपाल भित्रिने अवस्था नदेखिएको ब्यापारीहरुले बताएका छन् ।

    लामो समय कन्टेनर रोकीँदा फलफूल कुहीन थालेको पनि उनीहरुले गुनासो गरेका छन् । सीमित कन्टेनर नेपालतर्फ आउँदा सबै कन्टेनर नेपाल भित्रिन महिनौँ लाग्ने व्यापारीले बताएका छन् ।

    हाल नाकाबाट दैनीक बढीमा पाँच वटा कन्टेनर मात्र भित्रदै आएका छन् । यस अघि करिव २० वटा कन्टेनर भित्रिदै आएका थिए । कोरोना संक्रमण देखिएपछि चिनियाँ तातोपानी नाकाबाट सामान ल्याउन असहज हुँदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij