आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेसको पोखरा महानगर सभापतिमा विजुक्छे विजयी

  • प्रकाशित मिति : आइतवार, अशोज १०, २०७८



  • पोखरा । नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन् । ४१४ मत ल्याउँदै उनी महानगर सभापतिमा विजयी भएका हुन् ।

    विजुक्छेका निकटतम प्रतिस्पर्धी गंगाधर पराजुलीले ३४६ मत ल्याएका थिए । देशकै ठूलो महानगर पोखराको सभापतिका लागि विजुक्छे र पराजुलीसहित रामराज लामिछाने, मिलन तिवारी, ज्योति हमाल र मोहनप्रसाद बास्तोला पनि सभापतिका प्रत्यासी थिए ।

    कांग्रेस पोखरा महानगर उपसभापतिमा प्रयागराज भण्डारी भवसागर बराल विजयी भएका छन् । सचिवमा टुवराज बास्तोला र गणेशबहादुर थापाले बाजी मारे ।
    महानगरमा क्षेत्रीय प्रतिनिधि र वडा अध्यक्ष गरी १ हजार ३७० मतदाता थिए । त्यसमध्ये १ हजार ३४४ मत खसेको निर्वाचन अधिकृत आरसी विमलले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij