आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एक सय दिनमा ८ लाख जनाको नरसंहार गर्ने बागोसोराको मृत्यु

  • प्रकाशित मिति : सोमवार, अशोज ११, २०७८



  • किगाली । सन् १९९४ को नरसंहारका प्रमुख नाइके तथा रूवान्डाली सेनाका पूर्व कर्णेलको मालीमा मृत्यु भएको थियो । थिवन्सटी बागोसोराको ८० वर्षको उमेरमा एक अस्पतालमा मृत्यु भएको हो । मुटुसँग सम्बन्धित समस्यापछि उनको उपचारका क्रममा एक अस्पतालमा मृत्यु भएको हो ।

    नरसंहारको समयमा उनी रूवान्डाको रक्षामन्त्री थिए । राष्ट्रसंघको अपराधसम्बन्धी अदालतले बागोसोरालाई आजिवन कारावासको सजाँय सुनाएको थियो । तर, पछि अर्को एक फैसलामा उनीमाथि लागेको सजाँय घटाई ३५ वर्ष कायम गरिएको थियो ।

    तुत्सी जातीय समुदायको विद्रोह दबाउन उनी मुख्य भूमिकामा थिए । एक सय दिन लामो नरसंहारमा करिव आठ लाख जनाको मृत्यु भएको थियो । मारिनेमध्ये अधिकांश तुत्सी समुदायका थिए ।

    १९९४ को ६ अप्रिलमा एक समूहले रूवान्डाका तत्कालिन राष्ट्रपति जुभेनेल हावयारिमनाको गोली हानेर हत्या गरेपछि नरसंहार सुरु भएको थियो ।

    सन् १९९६ मा पक्राउ परेका बागोसोरालाई अन्तर्राष्ट्रिय अदालतले मानवताबिरोधी अपराध गरेको अभियोगमा आजिवन कारावासको सजाँय सुनाएको थियो । तीन वर्षपछि उनीमाथिको सजाँय घटाएर ३५ वर्ष कायम गरिएको थियो ।

    यसै वर्षको सुरुमा आफूलाई रिहाई गर्न उनको तर्फबाट गरेका वकिलको निवदेनलाई अदालतले अस्वीकार गरेको थियो ।

    844
    Shares

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij