आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पोखरामा ११ देशका राजदूत : प्राकृतिक सुन्दरताको खुलेर तारिफ, पोखरा घुम्न आह्वान गर्ने प्रतिवद्धता

  • प्रकाशित मिति : मङ्लबार, अशोज १२, २०७८



  • पोखरा । कोरोना महामारीसँगै थलिएको पोखराको पर्यटन बजार एकाएक तातेको छ । गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन एकैचोटी ११ देशका राजदूत पोखरा एयरपोर्टमा ओरालेपछि एकाएक पर्यटकीय सरगर्मी बढेको हो ।

    गण्डकी प्रदेश पर्यटकीय दृष्टिकोणले अरु प्रदेश भन्दा महत्पूर्ण मानिन्छ । पछिल्लो समयमा गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई उकास्ने प्रयास जारी राखेको छ । विश्व पर्यटन दिवसको दिन पोखरा पुगेका राजदूत र अन्य कुटनीतिक नियोगका प्रमुखले पोखरा घुम्नका लागि सुरक्षित छ भन्ने सन्देश दिएका छन् ।

    पोखराको कास्कीकोट, सराङकोटदेखि पदयात्रा र प्राकृतिक सुन्दरताको समेत विशिष्ट अतिथिहरूले खुलेर प्रशंसा गरेका छन् । कास्कीको नाउँडाँडाबाट सुरु भएको पदयात्रा करिब ४ घण्टासम्म चलेको थियो । पोखरामा आयोजित मिनी सडक महोत्सवमासमेत सहभागी भएका उनीहरूले पर्यटन क्षेत्रमा पोखरा पोख्त रहेको प्रतिक्रिया दिए ।

    नेपालका लागि इजिप्टका राजदूत माइकलले पोखरामा पहिलो पटक भ्रमण गरेको बताउँदै यहाँको मनोरम दृश्यले आफूलाई मोहित तुल्याएको बताउनुभयो । नेपालका लागि जर्मनका राजदूत डाक्टर थोमस, बंगलादेशका राजदूत सलाउद्दिन नोमान चौधरीले यहाँको सुन्दरता अद्वितिय रहेको भन्दै भावी पुस्ताका लागि बचाइ राख्नुपर्ने सुझाव दिए ।

    गण्डकी प्रदेश सरकारको पहलमा कतार, साउदी अरेबिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, बंगालदेश, इजिप्ट, जर्मनी, मलेसियालगायत देशका राजदूत, कुटनीतिक नियोगका उच्च टोली पोखरा पुग्दा पर्यटकीय माहोल बनेको हो ।

    एकै पटक राजदूतहरूलाई पोखरामा बोलाएर गण्डकी प्रदेश सरकारले पोखरा घुम्नका लागि सुरक्षित रहेको दिएपछि यहाँको माहोल बेग्लै देखिएको छ । आगामी दिनमा पोखरा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन हुनेमा पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारी आशावादी देखिनुहुन्छ ।

    पर्यटकीय माहोलकाबीच रेवान पोखराले आयोजना गरेको एकदिने मिनी सडक महोत्सवको समेत मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नुभयो । यहाँको तामझाम हेर्दा अबका दिनमा पोखरा पर्यटकका लागि घुम्न सहज छ भन्ने सन्देश दिन खोजिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij