आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कामदारको माग बढेसँगै वैदेशिक रोजगारमा सुधारको संकेत

  • प्रकाशित मिति : मङ्लबार, अशोज १२, २०७८



  • काठमाडौं । कोरोना महामारीका कारण अढाइ वर्षसम्म सुस्ताएको वैदेशिक रोजगार पुनः सुचालु हुने संकेत देखिएको छ । कोरोना महामारी केही मत्थर भै साउदी, कतार लगायतका मुलुकबाट कामदारको माग आउनथालेसँगै श्रम स्विकृती लिनेको संख्या पनि बढिरहेको हो ।

    पछिल्लो समय दैनिक श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेको संख्या १५ सय बढि पुगेको छ । कतार, साउदी अरब लगायतका खाडी मुलुकमा श्रमिकको माग उच्च भएसँगै २ वर्षसम्म सुनसान रहेको वैदेशिक रोजगार कार्यालयमा अहिले कामदारको भीड लाग्न थालेको हो ।

    यसअघि विभिन्न खाडी मुलुकहरू पनि खुल्न थाल्नु र चाडबाडको छुट्टीमा नेपाल फर्कनेले पुनः श्रम स्वीकृति लिइरहेका छन् । साउन भन्दा भदौमा श्रमिकको संख्यामा ७० प्रतिशतले वृद्धि भएको जनाइएको छ । यो वर्ष धेरैजसो साउदी र कतारबाट श्रमिकको माग बढिरहेको कार्यालयले जनाएको छ ।

    गत साउनमा संस्थागत, व्यक्तिगत, वैधानिक गरी २५ हजार ४ सय २८ जनाले श्रम स्वीकृति लिएकोमा भदौमा मात्र ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षभरी जम्मा १ लाख ६६ हजार जनाले श्रम स्वीकृति लिएका थिए । हाल यो क्रम हरेक दिन बढिरहेको जनाइएको छ ।

    कोरोना महामारी सुरुभएसँगै वैदेशिक कामदार बन्द गरेको मलेसिया सरकारले अझैसम्म पनि अन्यत्र मुलुुकबाट कामदार ल्याएको छैन । यता वैदेशिक रोजगार कार्यालय ताहाचलले वैदेशिक रोजगारमा जाने कामदारलाई सहजीकरण गर्न अनलाइन टोकन प्रणालीको सुरु गरे पनि घन्टौंसम्म पनि लाइनमा बस्नु परेको युवाहरूको गुनासो छ ।

    वैदेशिक रोजगारी पुनः चलायमान हुने संकेतसँगै ओरालो लाग्न थालेको विप्रेषण आप्रवाहमा पनि सुधार हुने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij