प्रकाशित मिति : बुधबार, अशोज १३, २०७८
सप्तरी । हत्या मुद्दामा सर्वाेच्च अदालतबाट जन्मकैद फैसला भए पनि फरार रहेका एक जना अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरी कारागार चलान गरेकाे छ।
सप्तरीको विष्णुपुर-६ का मुनोजकुमार यादवलाई कारागार चलान गरिएकाे सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
उनका अनुसार ५ वैशाख २०६५ मा राजविराज नगरपालिका ८ का रामएकल सिंहकाे हत्या भएकाे थियाे। उक्त मुद्दामा सर्वोच्चले १७ मंसिर ०७४ मा यादवलाई दाेषी ठहर गर्दै जन्मकैद फैसला गरेपनि उनी फरार थिए। फरार रहेका यादव राजविराजबाट पक्राउ परेका हुन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij