आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

किरण गजमेरलाई नेपाल प्रवेशमा रोक

  • प्रकाशित मिति : बुधबार, अशोज १३, २०७८



  • काठमाडौं । सांगीतिक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणका विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाइएको छ ।

    गत सोमबार नेपाल आएका भिसाको म्याद सकिएकाले अध्यागमन कार्यालयले गजमेरलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको हो । भुटानी शरणार्थीका रूपमा नेपाल आएका गजमेर पछिल्लो समय अमेरिकामा बसोबास गर्छन् ।

    गजमेर अमेरिकी नागरिक भइसकेकाले नेपालको भिसा लगाएर भ्वाइस अफ नेपालमा भाग लिन आएका थिए । तर, उनको भिसाको म्याद गुज्रिसकेको अध्यागमन कार्यालयले जनाएको छ ।

    प्रमुख अध्यागमन अधिकृत शिशिर वैद्यले गजमेरलाई अध्यागमनबाटै फिर्ता गरिएको जानकारी दिए । ‘उहाँ टुरिस्ट भिसामा नेपाल आएर २७० दिन बस्नुभएको रहेछ । यस्तो भिसामा विदेशीहरु नेपालमा जम्मा १५० दिन मात्र बस्न पाउँछन्’ उनले भने ।

    वैद्यका अनुसार गजमेर भिसा अवधिभन्दा १३० दिन बढी बसेका हुन् । गत सोमबार कतार एयरवेजको क्यूआर ६५० कलसाइनको जहाजमा गजमेर अमेरिकाबाट काठमाडौं आएका थिए ।

    गजमेरलाई कतार एयरवेजको उक्त जहाजबाटै फिर्ता पठाइएको अध्यागन विभागले जनाएको छ । अब गजमेर सन् २०२२ को जनवरीमा मात्र नेपाल आउन पाउनेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij